Techie IT
Saturday, December 13, 2025 | शनिबार, मंसीर २७, २०८२
२०८२ मंसीर २७, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपूरा होला माओवादी, नेकपा एस र जसपाबीच एकता गर्ने प्रचण्डको सपना ?

पूरा होला माओवादी, नेकपा एस र जसपाबीच एकता गर्ने प्रचण्डको सपना ?


काठमाडौं । सत्ताबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा छटपटी बढेको छ । र, अब फेरि सत्तामा पुग्न सजिलो नभएको कल्पनाले उनी आत्तिएका पनि छन् । त्यहीं छटपटी र अत्यासको परिणामस्वरुप उनले अहिले विभिन्न राजनीतिक दलसँग एकताको पहल थालेका छन् ।

जसअन्तर्गत अहिले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालबीच पार्टी एकताको प्रक्रिया सुरु भएको भनिएको छ । यतिसम्म कि, माओवादी अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने ललिपप देखाएर पार्टी एकताको प्रयास गरिरहेको बुझिएको छ । र, माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सन्दर्भमा केही प्रगति भएको नेकपा एसनिकत स्रोतको दाबी छ ।

पार्टीभित्रै पनि घेराबन्दीको सामना गरिरहेका प्रचण्डले नेकपा एस र जसपालाई साथमा लिएर शक्ति बढाउन खोजेको प्रष्ट बुझिन्छ । हो, माओवादी केन्द्रको स्थायी कमिटीमा हरेक नेताले प्रचण्डमाथि प्रश्न उठाएका छन् । ती प्रश्नको जवाफ प्रचण्डले दिन सकिरहेका छैनन् । उनका कर्ममाथि मात्रै नभएर नेतृत्व क्षमतामाथि नै प्रश्न उठाइएका छन् । त्यहीं क्रममा प्रचण्डले एकता प्रयास थालेका छन् । यता, माधव नेपाल पनि पार्टी जोगाउनुपर्ने बाध्यतामा छन् ।

प्रधानमन्त्री केपी ओलीले संसद अधिवेशन अन्त्य गरेपछि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर भए पनि पार्टी फुटाइदेलान् भन्ने डरमा छन्, माधव नेपाल । हुन त, राजेन्द्र पाण्डेसहितको एउटा टोली माओवादीभन्दा एमालेसँग मिल्नुपर्ने तर्क गरिरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन

हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल ।

५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो

काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्।

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

Techie IT