Techie IT
Friday, May 9, 2025 | शुक्रबार, वैशाख २७, २०८२
२०८२ वैशाख २७, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रको हुन् शेख हसिनालाई सत्ताच्युत गराउने आन्दोलनका नेता नाहिद ?

को हुन् शेख हसिनालाई सत्ताच्युत गराउने आन्दोलनका नेता नाहिद ?


काठमाडौं । अहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिएर देश छाड्न बाध्य बनाउने आन्दोलनको नेतृत्वकर्ता नाहिद इस्लामको चर्चा व्यापक छ । प्रधानमन्त्रीलाई सत्ताच्यूत गराउने उक्त आन्दोलनको नेतृत्व गर्ने नाहिद को हुन् त ? धेरैको चासोको विषय छ ।

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार नाहिद ढाका विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गर्दैछन् । उनी मानव अधिकारकर्मीका रूपमा परिचित छन् । उनी पहिलेदेखि नै हसिनाको पार्टी अवामी लिगविरूद्ध खरो रूपमा बोल्थे । पार्टीमा आबद्धहरूलाई उनले ‘आतंककारी’ को संज्ञा दिएका थिए । हसिनाविरुद्धको आन्दोलनमा उनले सामाजिक सञ्जालको प्रचुर प्रयोग गरे । त्यसपछि हसिनाको सरकारले उनीमाथि अंकुश लगाउन खोज्यो ।

उनलाई जुलाई १९ को दिन ढाकाको सहुजबागस्थित साथीको घरबाट अपहरण गरियो । आँखामा पट्टी बाँधेर, हातमा हतकडी लगाएर उनलाई कुनै अनकन्टार ठाउँमा लगियो र चरम शारीरिक यातना दिइयो । त्यतिबेला अपहरण भएको दुई दिनपछि उनी अचेत अवस्थामा पूर्वाञ्चलको पुलमुनि फेला परेका थिए । त्यसपछि आन्दोलनले झन् उग्ररुप लियो ।

परिणामतः कोटाविरुद्धको आन्दोलनले हसिनालाई सत्ताच्यूत गरायो । र, नोबेल शान्ति विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने स्थिति निर्माण भयो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एकैठाउँ आए राजावादी, गणतन्त्र दिवसकै दिनदेखि ‘जनआन्दोलन’को घोषणा

काठमाडौं । राजावादीहरुले गणतन्त्र दिवसकै दिन पारेर जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन

गभर्नर नियुक्ति विवादले धरमरायो सरकार

गभर्नर नियुक्ति विवादले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यतिसम्म कि यहीं विवादका कारण सरकार नै धरमराएको विश्लेषण हुन

आयो प्रिसाको पोष्टमार्टम रिपोर्ट, तर आए मृत्युको कारण

काठमाडौं । भारतको किट कलेजमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको कुनै कारण खुल्न सकेको छैन । तथ्यजाँचका लागि

कुलमान भन्छन्- प्राधिकरणमा हरेक दिन ३५ करोड रुपैयाँ जम्मा हुन्छ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङले हरेक दिन प्राधिकरणको खातामा ३५ करोड जम्मा हुने भन्दै आफूलाई बदनाम गर्न

प्रत्येक सांसदलाई २१ करोडका योजना दिने तयारीमा सरकार, सांसद मख्ख

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटका लागि तयारी गरिरहेको सरकारले हरेक सांसदलाई २१ करोड रुपैयाँका योजना दिन योजना

गम्भीर मोडमा पुग्यो गभर्नर नियुक्ति प्रक्रिया, कांग्रेसमा योग्य मान्छेकै खडेरी…

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिको प्रक्रिया सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको खिचातानी, अदालती रिट

Techie IT