Techie IT
Sunday, November 23, 2025 | आईतबार, मंसीर ७, २०८२
२०८२ मंसीर ७, आईतबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्र२.२३ प्रतिशतले बढ्यो सेयर बजार

२.२३ प्रतिशतले बढ्यो सेयर बजार


काठमाडौं । मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब २९ करोडको भयो । २३८ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । बजार खुलेपछि दिनभर हरियो रह्यो । आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत बढ्यो ।

अघिल्लो कारोबार दिन यो समूह ४ प्रतिशत घटेको थियो ।भदौ २४ गतेको विध्वंसका कारण व्यवसायिक भवन, आवासीय भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको थियो ।

त्यहीं मौकामा आज कारोबारी यस समूहमा आकर्षित देखिए । अहिलेसम्म निर्जीवन बीमा कम्पनीमा करिब २२ अर्बको दाबी भुक्तानी माग गर्दै आवेदन परेको छ । नोक्सान भएको सम्पत्तिको वास्तविक मूल्यांकन गरेर मात्रै पछि बीमा भुक्तानी हुने हो, जसमा पुनर्बीमामार्फत पनि ठूलो रकम प्राप्त हुन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

१० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ?

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको

कुमारी बैंक र प्राइम बैंकमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गर्ने दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यो

एकै दिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो ।

नेप्सेमा ५.१७ अंकको गिरावट, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २ हजार

६२ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख

तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६…

काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले

Techie IT