Techie IT
Wednesday, September 3, 2025 | बुधबार, भदौ १८, २०८२
२०८२ भदौ १८, बुधबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रआयो १९ खर्ब ६४ अर्बको बजेट: कार्यक्रम लोभलाग्दा, कार्यान्वयनमा शंका

आयो १९ खर्ब ६४ अर्बको बजेट: कार्यक्रम लोभलाग्दा, कार्यान्वयनमा शंका


काठमाडौं । सरकारले लोडसेडिङको विषयलाई बजेट बक्तव्यमै समेटेको छ । बिहीबार बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले लोडसेडिङबारे जानकारी दिएका हुन् । अर्थमन्त्री पौडेलका अनुसार अब विद्युत आपूर्ति बन्द भएमा स्वचालित रूपमा सूचना पाउने प्रणाली विकास गरिनेछ । त्यसपछि प्राविधिकहरुलाई तत्काल मर्मतका लागि खटाइनेछ ।

त्यस्तै सरकारले काठमाडौंंमा मेट्रोरेल र मनोरेल सञ्चालन गर्ने योजना रहेको जनाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौंं उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित गर्न यी विकल्प खोजिन थालेको बताएका हुन् । त्यस्तै अर्थमन्त्री पौडेलले अध्ययन सम्पन्न भएका सुरूङमार्गहरू दुम्किवास, बर्दघाट, खुर्कोट, बबई, शक्तिखोर हेम्जा, नयाँ पुल, कुलेखानी–भीमफेदी, धरान लेउतीको निर्माणको लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने बताएका छन् ।

बजेटमार्फत सरकारले कर्मचारीको तलब भने नबढाउने जनाएको छ । अर्थमन्त्री पौडेलले कर्मचारीको तलब बढाउन नसकिए पनि महंगी भत्ता ५ हजार रुपैयाँसम्म बढाइएको बताएका छन् । बिहीबार सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । अर्थमन्त्री पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।

सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०.१ प्रतिशत हो । पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन भएको छ । यो कुल बजेटको २०.८ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.१ प्रतिशत हो । त्यस्तै यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ । चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण भएको थियो । खर्च बेहोर्ने स्रोततर्फ राजस्वबाट सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड सङ्कलनको लक्ष्य राखेको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब सङ्कलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड जुटाउने अर्थ मन्त्री पौडेलले जानकारी दिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट नदिने, भदौ २९ गतेदेखि…

काठमाडौं । यो पटकको दशैँमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नदिने भएको छ । केन्द्रीय बैंकले यो पटकको दशैँमा सुकिला

फेरि ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २…

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाकै दुई लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबार चार सयले बढेको सुन आज १२ सय

एक तोला सुनको भाउ दुई लाख नजिक पु्ग्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको १ लाख ९९ हजार रुपैयाँ पुग्यो । छापावाल सुन १० ग्रामको

नेप्से घट्यो , कारोबार रकम भने ५ अर्ब २० करोडमा…

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा बुधबार भएको सेयर कारोबारसँगै नेप्से ९.७० अंकले घटेको हो

भारतमा थप २०० मेगावाट बिजुली निर्यात गर्दै नेपाल

काठमाडौं । नेपालले भारतलाई थप १९९ दशमलव ७ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Techie IT