काठमाडौं । जेन जी आन्दोलनलाई उत्कर्षमा पुर्याउन रास्वपाका नेता कार्यकर्ताले खेलेको भूमिका महत्वपूर्ण छ । तर त्यहीं आन्दोलन रास्वपाका लागि ब्याकफायर भइदियो । खासगरी पार्टी सभापति रवि लामिछानेलाई जेलमुक्त गराउनुलाई रास्वपाका नेता कार्यकर्ताले ठूलो उपलब्धी मानेको थियो ।
हुन पनि जनताले कसैलाई जेलबाट मुक्त गराउने कुरा चानचुने थिएन । तर, त्यहीं कुराले रास्वपालाई गम्भीर धक्का लाग्यो । रविले जेलमुक्त भएर रुफटप गाडीमा हुँइकिएको दृश्यले धेरैको ध्यान मात्रै खिचेन, रास्वपाभित्र लफडा पनि सिर्जना गर्यो ।
त्यसरी भीडको बलमा जेलबाट भाग्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने विषयको विवादकै कारण रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी नै छाडिन् । जुन रास्वपाका लागि गम्भीर धक्का हो । त्यससँगै लामिछानेले जेलमुक्त हुन बनाएको कागज नै नक्कली भएको विषयले त रास्वपा र रविलाई हेर्ने नागरिकको दृष्ट्रिकोणनै बदलियो ।
हिजो रविको हाइ हाइ गर्नेहरुले नै चोकचोकमा कैदी फरार भएको सूचना टाँस्न थाले । अझ जेन जी भनिने युवाहरुले त रविको जुलमुक्तिलाई निकै नमीठो ढंगमा टिप्पणी गरे । जब रविको जेलमुक्तिसँगै देशभरका जेलबाट कैदीहरुले जेल तोडे, तब त्यसको सम्पूर्ण अपजशको भारी बोक्न रावि लामिछाने अभिषप्त हुनपर्यो । यस्तै परिस्थितिबीच रास्वपाभित्र संसद विघटनको विषयमा पनि प्रष्ट दुई धार देखियो ।
नेत्रृद्वय सोविता गौतम र तोषिमा कार्कीबीच त संसद विघटनको विषयमा टक्करै पर्यो । कानूनकी विद्यार्थीसमेत रहेकी सविताले संसद विघटन गलत भनिरँदा तोषिमाले अपरिहार्य भनेर भिडिओ बनाइन् । यसले प्रष्ट संकेत गर्छ कि रास्वपाभित्र प्रष्ट दुई धार छ । खासमा महत्वपूर्ण मुद्दामा रास्वपाको कुनै आधिकारिक र ठोस धारणा नै हुँदैन ।
यसअघि लिपुलेक र कालापानी नेपालको भन्नसमेत खुट्टा कमाएको रास्वपाले अहिले संसद विघटनको मामलामा पनि आधिकारिक धारणा सार्वजनिक गरेको छ । यी सबै कारणले अहिले रास्वपाभित्र तनाव बढेको छ । राविले गरेका गल्तीको ढाकछोपमै अधिक समय विताउन परेपछि उपसभापति स्वर्णिम वाग्लेसँगै नेताहरु मनिष झा र शिशिर खनाल पनि सकसमा परेको बुझिएको छ ।
त्यसैले त यस्तो विषम परिस्थितिमा उनीहरु केही नबोली बस्न बाध्य छन् । त्यस्तै सन्तोष परियार र सोविता गौतम पनि अहिले गम्भीर समीक्षामा रहेको बताइएको छ । यससँगै गशेण कार्कीको नेतृत्वमा थुप्रै केन्द्रीय सदस्यहरु पनि पार्टी विद्रोहको मुडमा पुगेका छन् ।