Techie IT
Tuesday, September 9, 2025 | सोमबार, भदौ २३, २०८२
२०८२ भदौ २३, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङजेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू

जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू


काठमाडौँ । जेन जीको प्रदर्शन उग्र भएपछि संसद् भवन नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका–१० भित्र पर्ने बानेश्वर क्षेत्र आसपास चार किलामिटरको दायराभित्र कर्फ्यू आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशअनुसार शुक्रबार अपराह्न १२ः३० बजेदेखि राति १० बजेसम्म त्यस क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराबन्दी गर्न निषेध गरिएको छ।

प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ।

कर्फ्यू लागेको क्षेत्रः
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,
बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,
बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,
बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म,






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन

नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये

Techie IT