Techie IT
Monday, September 8, 2025 | सोमबार, भदौ २३, २०८२
२०८२ भदौ २३, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङपतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो,आदेश आउन बाँकी

पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो,आदेश आउन बाँकी


काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको मुद्दामा आजको सुनुवाइ सकिएको छ। विशेष अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद पौडेल,हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासमा पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकिएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरेको आरोपपत्र दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ ।

नेपालसहित तत्कालीन कानुन तथा न्याय मन्त्री संयोजक प्रेमबहादुर सिंह,तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व। डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ,तत्कालीन मुख्य सचिव स्व।माधव प्रसाद घिमिरे र निजको श्रीमती कमला घिमिरे,भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त,सहसचिवहरू जीतबहादुर थापा र लिलामणि जोशी,कलानिधी पौडेललगायतलाई मुद्दामा प्रतिवादी बनाइएको छ।

२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT