Techie IT
Tuesday, December 9, 2025 | सोमबार, मंसीर २२, २०८२
२०८२ मंसीर २२, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकारागारमा रहेका ६ जना पूर्वविशिष्ट पदाधिकारीले पाइरहेका छन् समान सेवा–सुविधा, तर रवि मात्रै किन ?

कारागारमा रहेका ६ जना पूर्वविशिष्ट पदाधिकारीले पाइरहेका छन् समान सेवा–सुविधा, तर रवि मात्रै किन ?


काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कारागार बसाइबारे अहिले अनेक बहस भइरहेको छ । अहिले खासगरी रविलाई कारागारमा एसीको सुविधा भए,नभएको विषयले सबैभन्दा धेरै चर्चा पाइरहेको छ ।

रविलाई कारागारभित्र कस्तो सुविधा दिइएको छ भनेर सोमबार राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही पुगेर कारागारको अवलोकनसमेत गरेको थियो । त्यसपछि यो विषयले झन् चर्चा पाएको हो । रास्वपा कार्यकर्ताले सभापति लामिछानेमाथि विभेद भयो भनेर गरेको दाबी गलत रहेको कारागार व्यवस्थापन विभागको तथ्यले नै देखाएको छ ।

अहिले देशभरका कारागारमा रविसहित ६ जना पूर्वविशिष्ट पदाधिकारी छन् । लामिछानेका अलावा पूर्वउपप्रधान मन्त्री एवं वहालवाला सांसद टोपबहादुर रायमाझी, पूर्वप्रदेश प्रमुख राजेश अहिराज कारागारमा छन् । यस्तै, गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे, पूर्वमन्त्री सञ्जय शाह ‘टकला’ र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि अहिले कारागारमा छन् ।

कारागार व्यवस्थापन विभागले सबैको लागि समान सुविधा दिने गरेको छ । कारागारमा थुनामा रहेका कैदी र थुनुवाले दैनिक ७ सय ग्राम चामल र ८० रूपैयाँ नगद सिदा पाउने गरेका छन् । जाडो र गर्मीका लागि एक–एक जोरगरी वर्षमा २ जोर कपडा र वर्षमा एकजोर ओढ्ने–ओच्छाउने कपडासमेत सरकारले उपलब्ध गराउने गरेको छ ।

कारागारभित्र कहाँ र कुन कोठामा बस्ने भन्ने कुरा सम्बन्धित कारागार प्रशासनले निर्धारण गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन् । यस्तै, कारागारमा रहेको सबै बन्दीहरूको मानव अधिकार संरक्षणका लागि गुनासो संकलन गर्न र सम्भव भएसम्म समाधान गर्न देशभरका सबै कारागार प्रशासकहरूलाई सामूहिक निर्देशन गर्ने गरिएको गृहमन्त्रालयले बताएको छ ।

कारागारमा रहेका पूर्वविशिष्ट व्यक्तिलाई कानूनमा व्यवस्था भएका सुविधामा रोक लगाउन वा कानूनमा नभएका सुविधा उपलब्ध गराउन मन्त्रालय तथा विभागबाट मौखिक वा लिखित रूपमा परिपत्र वा निर्देशन नभएको बताइएको छ । भैरहवा कारागारमा रहेका लामिछानेको कोठामा एसी जडान गरिएकोबारे विवाद भइरहेको छ ।

रविका शुभेक्षुक र रास्वपा समर्थकले नै निजी खर्चमा कारागारमा एसी जडान गरेको र मिडियामा समाचार आएपछि अनधिकृत ढंगले जडान गरिएको एसी निकालिएको भन्ने विषय बाहिर आएको छ । कानूनमा नभएको सुविधा उपलब्ध गराउनेबारे लिखित वा मौखिक कुनै निर्देशन नभएको गृह मन्त्रालयले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

काठमाडौं । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

दल दर्तापछि काठमाडौंमा हर्क साम्पाङको पहिलो सभा

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ दलले भाग लिने भएका छन् ।

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको

Techie IT