Techie IT
Tuesday, December 9, 2025 | सोमबार, मंसीर २२, २०८२
२०८२ मंसीर २२, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबाढीले अवरूद्ध रसुवागढी नाका संचालनमा नआउँदा अर्बौंका सामान महिना दिनदेखि अलपत्र

बाढीले अवरूद्ध रसुवागढी नाका संचालनमा नआउँदा अर्बौंका सामान महिना दिनदेखि अलपत्र


काठमाडौं । रसुवागढी नाका बाढीले अवरूद्ध भएको एक महिना बित्दा पनि सडक सञ्चालनमा ल्याउन सरकारले पहल नगर्दा अर्बौंका सामान अलपत्र परेको गुनासो व्यापारीले गरेका छन् ।

व्यापारीहरूले केरूङ र तातोपानी नाकामा रोकिएका सामान काठमाडौंसम्म ल्याउने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । गत असार २४ गते आएको बाढीले नेपाल–चीन सीमाको मितेरी पुल बगाउनुका साथै ठाउँ–ठाउँमा सडक अवरूद्ध हुँदा व्यवसायीहरुले दशैं–तिहारका लागि ल्याएका सामान नाकामै रोकिएका छन् ।

नेपाल हिमालय सीमापार व्यापार संघका अनुसार रसुवा र तातोपानी नाकामा करिब एक हजार कन्टेनर रोकिएका छन् ।

तर सरकारले अहिलेसम्म सडक सञ्चालन गर्न कुनै पहल नगरेको व्यापारीको भनाइ छ । नाकामा सामान रोकिँदा काठमाण्डौंका थोक बजारमा सामान आउन सकेको छैन । अर्बौं रूपैयाँ बराबरको सामान नाकामा रोकिँदा व्यापारको चक्र नै खल्वलिएको उनीहरुको भनाइ छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

काठमाडौं । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

दल दर्तापछि काठमाडौंमा हर्क साम्पाङको पहिलो सभा

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ दलले भाग लिने भएका छन् ।

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको

Techie IT