Techie IT
Friday, August 22, 2025 | शुक्रबार, भदौ ६, २०८२
२०८२ भदौ ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकसरी घुस्यो निजामति विधेयकमा ‘बाहेक’ शब्द ?

कसरी घुस्यो निजामति विधेयकमा ‘बाहेक’ शब्द ?

रामहरी खतिवडाले सभापतिबाट राजीनामा दिनैपर्ने अडानमा दलहरु


काठमाडौं । यतिबेला निजामती विधेयकमा कीर्ते गरी ‘कुलिङ पिरियड’ हटाएको विषयले बजार तातेको छ । विधेयकमा नियोजितरुपमा ‘बाहेक’ शब्द घुसाएर परिवर्तन गरिएको भन्दै सत्ताघटक कांग्रेस र एमालेसँगै प्रतिपक्षी दलहरु माओवादी र रास्वपाका सांसदहरुले आपत्ति जनाइरहेका छन् ।

नेताहरूले यसलाई देश र जनताप्रतिको अपराध र संसदको अपमान भएको बताएका छन् र कारबाहीको माग गरेका छन् । कांग्रेस सांसद रामहरि खतिवडा सभापति रहेको संसदको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले कुलिङ पिरियडको व्यवस्थासहितको प्रतिवेदन समिति हुँदै प्रतिनिधि सभाले पारित गरेको थियो । तर प्रतिनिधि सभाबाट पारित भएको केही समयमै उक्त विधेयकमा कुलिङ पिरियड विपरीत हुनेगरी ‘बाहेक’ शब्द घुसाएर विधेयक अघि बढाएको पाइएको हो ।

आइतबारमात्रै प्रतिनिधिसभाबाट पारित विधेयकमा निजामती सेवाबाट अवकाश पाएको कर्मचारीले कम्तीमा दुई वर्षसम्म अर्को कुनै नियुक्ति लिन नपाइने प्रावधान राखिएको थियो । यसबारे कांग्रेस नेता शेखर कोइरालाले ‘कुलिङ अफ पिरियड’का सम्बन्धमा गरिएको अनाधिकृत परिवर्तन घोर अपराध र सार्वभौम संसद्प्रतिको अपमान भएको कडा टिप्पणी गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले निजामती सेवा विधेयकमा भएको चलखेललाई जनताप्रतिको बेइमानी भनेर टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले पनि सांसदलाई नै झुक्क्याएर निजामती विधेयकमा वरिष्ठ प्रशासकहरूका स्वार्थ घुसाइएको भन्दै आपत्ति जनाएका छन् । भण्डारीले सीमित व्यक्तिहरुको स्वार्थका लागि यो मुलुक कति ठगिएको होला भन्दै संशय प्रकट गरेका छन् । त्यस्तै नेकपा एमालेका सांसद सूर्य थापाले पनि निजामती विधेयक भएको छलछामको विरोध गरेका छन् । थापाले यसको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

यता राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले पनि कुलिङ पिरियड राख्ने मामलामा बेइमानी भएको स्वीकारेका छन् । उनले विधेयकमा कर्मचारीले ‘बाहेक’ शब्द लेखेको हुनसक्ने भन्दै त्यसबारे आफूलाई थाहा नभएको बताएका हुन् । उनको भनाइको अर्थ विधेयकमा बेइमानी भएको हो तर त्यसमा आफ्नो हात छैन भन्ने थियो । कुलिङ पिरियड भन्नाले कुनै व्यक्ति सरकारी वा निजामती सेवाबाट राजीनामा दिएपछि वा अवकाश पाएपछि अर्को सरकारी वा राजनीतिक नियुक्ति लिनुअघि कुर्नुपर्ने निश्चित समयावधि हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक…

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक

मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्

विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा…

काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुराले शिक्षाको स्तर खस्किने बताएकी छन् । उनले

फेरि बल्झियो लिपुलेक विवाद, नेपाल र भारतको आ–आफ्नै अडान, चीन…

काठमाडौं । नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने नेपालको लिपुलेक, लिम्पियाधुरा सीमा विवाद फेरि बल्झिएको छ । उक्त क्षेत्रमा

Techie IT