Techie IT
Monday, October 20, 2025 | सोमबार, कात्तिक ३, २०८२
२०८२ कात्तिक ३, सोमबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रसरकारी चौघेरा तोडेर साहित्यमा मग्न डाक्टर (भिडिओसहित)

सरकारी चौघेरा तोडेर साहित्यमा मग्न डाक्टर (भिडिओसहित)


काठमाडौं । एकबेला यस्तो थियो– अहिले जस्तो संचारमाध्यमको ‘बिगबिगी’ थिएन । धार्मिक प्रवचनदेखि गीत सुन्नका लागिसमेत रेडियो नेपालको प्रसारण तालिका सुनेर पर्खनुपथ्र्यो ।

गाउँघर, सहरबजार– सबैतिर रेडियो नेपालनै घन्कन्थ्यो । त्यतिबेला झिसमिसेदेखि मध्यरातमसम्म गुन्जिरहने एउटा कर्णप्रिय आवाज थियो– नवराज लम्सालको ।

साहित्यिक कार्यक्रम मधुवन होस् या सुरसंगम, बिहानै बज्ने धार्मिक कार्यक्रम होस् वा रात्रिकालीन सेवा, कहिले प्रधानमन्त्रीसँग जनतालाई सिधा कुरा गराउने त कहिले प्रत्यक्ष प्रसारण गर्न गाउँ–बस्ती, पाखा–पखेरा डुलिहिँड्ने चर्चित सञ्चारकर्मी लम्सालले रेडियो नेपाल छाडेको पनि करिब दुई वर्ष भयो । पाँचवर्ष सेवाअवधि बाँकी रहँदै उनले रेडियो नेपालको निर्देशक पद त्यागे अर्थात् रेडियो नेपाल छाडे ।

हो, उनलाई गाडीसहितको अनेक सरकारी सुविधाभन्दा गाउँबस्ती डुलेर साहित्य सिर्जनामा पौडी खेल्दै अघि बढ्न मन लाग्यो । सरकारी जोगिरको चौघेराभन्दा माथि उठेर स्वच्छन्द उड्न मन लाग्यो । र त उनले सेवाअवधि बाँकीहुँदै रेडियो नेपालको जागिर छाडे ।

जागिर छाडेकोमा उनलाई एकचिम्टि पछुतो छैन । बरु मख्ख छन् । भन्छन्, ‘जागिर छाड्न पाँच वर्ष ढिला गरेछु । पहिल्यै जागिर छाड्न पाएको भए अहिलेभन्दा धेरै सिर्जना गर्न सक्नेरहेछु ।’

एकखाले मान्छेले उनलाई चर्चित रेडियोकर्मीका रुपमा चिन्छन् भने अर्काखालेले कवि, गीतकार तथा लेखकका रुपमा चिन्छन् । खासमा लम्साल यस्ता व्यक्तित्व हुन्– जसमा सञ्चारकर्मसँगै साहित्य घोलिएको छ । उनी आफैं भन्छन्, ‘मलाई कवि नवराज लम्साल भन्दा जत्तिको आनन्द अरु कुनै परिचयले दिन सक्दैन ।’

हो, लम्सालका कर्ण, अग्नि र धरा गरी तीनवटा महाकाव्य प्रकाशित छन् । २०७८ सालको मदन पुरस्कार पाउन सफल कृति अग्निका सर्जक हुन्, उनी ।

उनका ‘पाइलैपिच्छे सगरमाथा, कविता संग्रह’, ‘धुनभित्र, धुनबाहिर, गीतिसंग्रह’सहित विभिन्न सातवटा साहित्यिक कृति प्रकाशित छन् भने उनले लेखेका करिब पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् । र, लम्सालले नेपाली साहित्यमा विद्यावारिधि गरेका छन् ।

हेर्नुहोस्, डाक्टर नवराज लम्सालसँगको अन्तरंग कुराकानी






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आन्तरिक विवाद चुलिएपछि एक साता पर धकेलियो रास्वपाको विस्तारित बैठक,…

काठमाडौं । आन्तरिक विवाद चुलिएपछि रास्वपाको विस्तारित बैठक एक साता पर धकेलिएको छ । कात्तिक १४ र १५ गतेका लागि

जिबी राईलाई नेपाल ल्याउने बाटो खुल्यो, के छ सरकारको तयारी…

काठमाडौं । सरकारले ११ वटा देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै मलेसियामा रहेका सहकारी ठगीका फरार अभियुक्त जिबी राइलाई नेपाल

रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल

काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका

प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि नि थाल्यो…

काठमाडौं । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय

सुदन गुरुङको हातमा पनि टीओबीकै ट्याटु भन्दै सामाजिक सञ्जालमा आलोचना

काठमाडौं । जेन जी आन्दोलनमा फ्री तिब्बेतका अभियन्ता संलग्न भएको आवाज उठिरहेका बेला जेन जी नेता सुदन गुरुङको हातमा टिओबीकै

ओली र लेखकलाई पक्रनेबारे सरकारी वकिलसँग परामर्श गर्दै प्रहरी

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीले सरकारी वकिलसँग परामर्श गर्ने भएको

Techie IT