Techie IT
Saturday, December 27, 2025 | शनिबार, पुस १२, २०८२
२०८२ पुस १२, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमाओवादीका महासचिव भन्छन्- बिआरआईका कारण हाम्रो सरकार ढल्यो

माओवादीका महासचिव भन्छन्- बिआरआईका कारण हाम्रो सरकार ढल्यो


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पुष्पकमल दाहाल नेतृत्वको सरकारले बिआरआई परियोजनालाई अगाडि बढाउन लागेपछि सरकार परिवर्तन भएको बताएका छन् ।

बिहीवार नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बिआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा बोल्दै महासचिव गुरुङले बिआरआई परियोजनालाई अगाडि बढाउन लागेपछि सरकार परिवर्तनको खेल शुरु भएको बताएका हुन् ।

उनले सन् २०१७ मा बिआरआईमा सम्झौता भएको उल्लेख गर्दै अहिले नीतिगत कार्यान्वयनसम्बन्धी सम्झौता गर्ने चरणमा रहेको पनि जानकारी दिए ।

दाहाल नेतृत्वको सरकारले नीतिगत कार्यान्वयनसम्बन्धी सम्झौता गरेर प्रक्रिया अगाडि बढाउन लागेकै बेला सरकार परिवर्तन भएको उनको भनाइ छ । दुई पक्षबीच हस्ताक्षर गर्ने तयारी भइरहेको बेलामा सरकार परिवर्तन भएको पनि उनले बताए ।

काँग्रेस–एमालेका बीचमा सरकार बनाउने सहमति भएको अघिल्लो दिन एक दलले ऋणसहितको बिआरआई लिनु हुँदैन भनेर वक्तव्य जारी गरेको भन्दै यसले सरकार परिवर्तन हुनुको एउटा ‘फ्याक्टर’ बिआरआई भएको देखाएको उनको जिकिर छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT