Techie IT
Thursday, December 11, 2025 | बिहीबार, मंसीर २५, २०८२
२०८२ मंसीर २५, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि उपेक्षामा पर्नुको कारण

रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि उपेक्षामा पर्नुको कारण


काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा दुई साताअघि गरिएको मनोनयमा तोषिमा नपरेको कारणबारे धेरैले चासो राखेका छन् ।

विगतमा रास्वपा र पार्टी नेतृत्वको पक्षमा अति कडा ढंगमा प्रस्तुत भएकी तोषिमालाई पछिल्लो समय रास्वपाले किन उपेक्षा गरिरहेको छ रु भन्ने प्रश्न पनि उठ्न थालेको छ । रास्वपाले शनिबार चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गर्दा तोसिमा कार्की नपरेकी हुन् । केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रस्तुत मापदण्डका अन्य व्यक्ति सचिवालय सदस्यमा मनोनीत हुँदा त्यही मापदण्डकी कार्कीलाई भने मनोनीत नगरिएको हो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुनेलाई सचिवालयमा मनोनीत गर्ने मापदण्डभित्र उनी पर्थिन् । तर, पार्टी संस्थापनको मान्यता विपरीत धारणा राखेकै कारण सूचीमा नाम भएर पनि उनको नाम काटिएको बुझिएको छ । पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको र यसको स्वीकार्यता कायम राख्न जेनजी आन्दोलनले उठाएका मान्यता तथा त्यस आन्दोलनसँग सम्बन्धित व्यक्तिलाई पार्टीमा आकर्षित गर्नुपर्ने धारणा उनले बैठकमा राखेकी थिइन् ।

उनको प्रस्तावअनुसार वर्तमान सरकारका ऊर्जा तथा जलस्रोत एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसहितका व्यक्तिलाई पार्टीमा आउने वातावरण बनाउनुपर्ने विषयलाई पार्टी संस्थापनले अस्वीकार गर्दा कार्की सचिवालय सदस्य हुनबाट वञ्चित भएकी हुन् । यसअघि कार्कीको जस्तै धारणा राख्दै आएकी सुमना श्रेष्ठले पार्टी छोडेर काठमाडौं महानगरका मेयर बालेन साह समूहसँग निकट भएकी छन् ।

पार्टीका कतिपय नेता श्रेष्ठ जसरी नै वहिर्गमित हुने तयारीमा रहेको र कार्कीले पनि त्यही तयारी गरेको बुझिएको छ । यद्यपि कार्कीले उक्तको प्रतिवाद गर्दै आएकी छन् । कुलमान नेतृत्वमा प्रस्तावित उज्यालो नेपाल पार्टीमा रास्वपाका थुप्रै नेता, कार्यकर्ता आबद्ध हुने अनुमान गरिएको छ ।

पार्टी रवि लामिछानेकै नेतृत्वमा र उनको अनुपस्थितिमा डीपी अर्यालकै कार्यवाहक नेतृत्वमा अगाडि बढाउनुपर्ने संस्थापनको मान्यता विपरीत कार्कीले मूल नेतृत्वका रूपमा स्थापित गर्ने गरी घिसिङको प्रस्ताव ल्याएको बताइएको छ । केन्द्रीय समितिको भर्चुअल बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

Techie IT