Techie IT
Monday, December 29, 2025 | सोमबार, पुस १४, २०८२
२०८२ पुस १४, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किएर बेपत्ता भएका दुई मजदुरको शव भेटियो

सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किएर बेपत्ता भएका दुई मजदुरको शव भेटियो


सिन्धुपाल्चोक । सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिका-४ हिन्दीमा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी-१ जलविद्युत् आयोजनाको डिसेन्डर कभर स्ल्याबमा फसेर बेपत्ता भएका २ मजदुरको १३ घण्टापछि शव फेला परेको छ ।

शुक्रबार १ बजेर २५ मिनेट जाँदा घटना भएलगत्तै उद्धारकार्य थालिए पनि बिहान चार बजे मात्रै मृत अवस्थामा उनीहरुलाई भेट्टाइएको हो । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिका रामजिन थारु र सुमन थारु छन् । उनीहरुको शव पोस्टमार्टमका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको छ । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू फसेकाले निकाल्न अप्ठ्यारो भएको थियो ।

जिल्ला प्रहरी सिन्धुपाल्चोकको तथ्यांकअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन् । वर्ष दिनअघिबाट निर्माण सुरु गरिएको भोटेकोशी-१ जलविद्युत्को सुरुङभन्दा माथि शुक्रबार मजदुर काम धमाधम गर्दै थिए । एक्कासी स्ल्याब भत्किन थालेपछि तल बसेर काम गरिरहेका कामदार च्यापिएर चिच्याउन थालेका थिए । भागदौडमा १३ जना स्ल्याब र माथिल्लो भागको बीचमा फसेका थिए ।

घाइते हुनेमा दोलखाका रामचन्द्र रिमाल, साइला थामी, गोपाल थामी, पदम थामी, विजय थामी, विशाल थामी, बर्दियाका दुर्गा थारु, रोल्पाका साशन थापा, इलामका शाकबहादुर श्रेष्ठ छन् । बर्दियाका लाहनु थारुको अवस्था गम्भीर भएको स्वास्थ्यकर्मीले बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT