गृहपृष्ठ ∕ समाचारपत्र ∕ विकासे आयोजनाका लागि प्रतिकुल बन्दै सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्र विकासे आयोजनाका लागि प्रतिकुल बन्दै सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्र आयोजनाको पक्षमा स्थानीयले लगाए नारा स्वर्णपत्र सोमबार, २०८२ असार २ गते, १९:५६ मा प्रकाशित समाचारपत्र काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे तथा भोटेकोशी विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । अझ यहाँको समृद्धिको मुख्य माध्यम नै जलविद्युत आयोजना हो । तर पछिल्लो अवस्था यस्तो छ कि, यहाँ कुनै पनि आयोजना अघि बढाउन एकदमै कठिन छ । स्थानीय नागरिक आयोजनाको पक्षमा हुँदाहुँदै पनि केही स्वार्थ समूहका कारण यहाँ जुनकुनै प्रोजेक्ट अघि बढाउन असहज छ । त्यसको पछिल्लो उदाहरण हो– आइतबार कालिका इनर्जी प्रालिले आयोजना गरेको सार्वजनिक सुनुवाइमा भएको लफडा । यहाँ बन्न लागेको ४६ मेगावाट क्षमताको भोटेकोशी– ५ जलविद्युत् आयोजनाका लागि आइतबार बाह्रविसे नगरपालिकाको प्राङ्गणमा नै सार्वजनिक सुनुवाइको आयोजना गरिएको थियो । तर कार्यक्रम सुरु हुनुभन्दा अघि नै केही मान्छेहरुले हुलदंगा गरेका कारण कार्यक्रम नै स्थगित हुनपुग्यो । आयोजनास्थलका स्थानीय आयोजनाकै पक्षमा हुँदाहुँदै पनि केही स्वार्थ समूहका कारण कार्यक्रमस्थलमा तोडफोडसमेत भएको आयोजनाले जनाएको छ । कार्यक्रमस्थलमा स्थानीयहरुले आयोजनाकै पक्षमा नारासमेत लगाएका थिए । सार्वजनिक सुनुवाइबारे आफूहरुलाई जानकारी नदिएको भन्दै केही मान्छेले आयोजनाविरुद्ध पनि नारा लगाएका थिए । तर आयोजनाले एक स्थानीय पत्रिकामा नै सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गरेको थियो । अब आयोजनाले वडास्तरमा छलफल गरेर सार्वजनिक सुनुवाइको नयाँ मिति तोक्ने जनाएको छ । बाह्रविसे नगरपालिकाकै प्राङ्गणमा आयोजित सार्वजनिक सुनुवाइमा केही स्थानीयले गुण्डागर्दीको शैलीमा अराजकता मच्चाउँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेको आयोजनाको भनाइ छ । #भोटेकोशी-५ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि… काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति… काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को… काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको… काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर… काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन् जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि… काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ३ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ४ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ५ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ६ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति ७ अर्यालको कामप्रति बालेन असन्तुष्ट, मीरा चौधरीलाई गृहमन्त्री बनाइदिन अनुरोध ८ जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि प्रहरीको अनुसन्धान सुरु