Techie IT
Wednesday, December 31, 2025 | बुधबार, पुस १६, २०८२
२०८२ पुस १६, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना

नगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा युवाहरूको करिअर विकासलाई लक्षित गरी वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ। आइतबार एक विशेष कार्यक्रमका बीच नगरप्रमुख उपेन्द्र कार्कीले केन्द्रको उद्घाटन गरेका हुन् ।

नगरप्रमुख कार्कीले शिक्षा र स्वास्थ्य कुनै पनि समुदायको मेरुदण्ड भएको बताउँदै, वृत्ति मार्गनिर्देशन सेवा एक नयाँ अभ्यास भएको र स्विस सरकारको सहयोगमा सञ्चालन गरिएको प्रभावकारी विधि भएको उल्लेख गरे । उनले नगरपालिकाले यस सेवालाई व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि जनाए ।

विद्यार्थी र युवाका लागि मार्गनिर्देशन सेवा

यस केन्द्रमार्फत नगरभित्रका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू तथा अन्य युवाहरूलाई व्यक्तिगत तथा सामूहिक परामर्श प्रदान गरिनेछ। नगरप्रमुख कार्कीका अनुसार सहज रूपमा शिक्षा प्राप्त गरे पनि करिअर विकास भने चुनौतीपूर्ण भइरहेको बेला, वृत्ति मार्गनिर्देशन सेवा युवाहरूका लागि अन्धकारमा उज्यालो किरणसरह प्रभावकारी बन्न सक्छ।

परियोजनामा मनोविज्ञानमा दक्ष परामर्शदाता तथा मार्गनिर्देशन सहजकर्ताहरूले युवाहरूलाई आवश्यक परामर्श प्रदान गर्नेछन्। साथै, डिजिटल प्रविधिको प्रयोग गरी विद्यार्थीहरूको योग्यता परीक्षण गरिनेछ, जसका आधारमा उनीहरूको रुचि, क्षमता तथा श्रम बजारको मागअनुसार सम्भावित करिअर पहिचान गरिनेछ।

शिक्षकहरूको भूमिका महत्वपूर्ण

कार्यक्रममा नगरपालिकाभित्रका विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो। शिक्षालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पुस्प ढकालका अनुसार नेपालमा अझै पनि विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना बलियो रहेको र त्यसका कारण सही वृत्ति मार्ग पहिचान गर्न कठिनाइ हुने भएकाले वृत्ति मार्गनिर्देशन सेवा अत्यन्त लाभदायक हुनसक्नेछ। साथै, उनले प्रयोगात्मक ज्ञानलाई प्राथमिकता दिँदै डिजिटल कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाए ।

गुणस्तरीय शिक्षा र रोजगारीमुखी कार्यक्रम

नगरपालिकाले शिक्षालाई गुणस्तरीय बनाउन तथा युवाहरूलाई रोजगारीमुखी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ। तथ्यांकमा आधारित निर्णय प्रक्रिया अपनाउँदै, डिजिटल प्रविधिको सहायताले युवा लक्षित कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने नगरपालिकाको योजना रहेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT