Techie IT
Thursday, December 25, 2025 | बिहीबार, पुस १०, २०८२
२०८२ पुस १०, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रढल्यो बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारणलाइन टावर

ढल्यो बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारणलाइन टावर


काठमाडौं । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारणलाइनको टावर ढलेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को बर्दघाट नगरपालिका– ५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारणलाइनको टावर ढलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ। होङ्शीले १३२ केभी प्रसारणलाइनबाट सीधै विद्युत् आपूर्ति लिइरहेको थियो।

उद्योगले ३१ मेगावाटको विद्युत् भार ९लोड० स्वीकृत लिएको छ। त्यसमध्ये अहिले दैनिक रूपमा १० मेगावाट लोड लिइरहेको प्राधिकरणको कावासोती वितरण केन्द्रले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत् पुर्‍याउने घोषणाअनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण गरिएको थियो। डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन ९चार्ज०मा थियो।

उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रिड महाशाखाले जनाएको छ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

एमालेको मतदानमा मोबाइल लान बन्देज

नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ ।

Techie IT