Techie IT
Saturday, December 27, 2025 | शनिबार, पुस १२, २०८२
२०८२ पुस १२, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअब उपभोक्ताले तिरेको करको १० प्रतिशत फिर्ता पाइने

अब उपभोक्ताले तिरेको करको १० प्रतिशत फिर्ता पाइने


काठमाडौं । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् । आन्तरिक राजश्व विभागले एउटा सूचना जारी गर्दै उपभोक्तालाई मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

अब विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताले मदिरा पिउने ठाउँ ९बार०मा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याटको १० प्रतिशत फिर्ता पाउने छन् । यस्तै चमेनागृह र सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउसमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत फिर्ता पाउनेछन् ।

ऐनमा कुनै वस्तु खरिद गरेर विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहनस्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता पाउने व्यवस्था छ ।

यो व्यवस्था कार्यान्वयनका लागि विभागले यही भदौ २१ गते निर्णय गरेको थियो । सोही निर्णयबमोजिम छुट दिने भएको हो । मूल्य अभिवृद्धि करमा दर्ता भएर विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यो प्रणालीमा आबद्ध हुन सक्नेछन् । यस्तै डेबिट–क्रेडिट कार्ड, क्यूआर, मोबाईल एपमार्फत भुक्तानी गर्ने सेवाग्राहीले करको १० प्रतिशत फिर्ता पाउने भएका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT