Techie IT
Saturday, December 27, 2025 | शनिबार, पुस १२, २०८२
२०८२ पुस १२, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रके साँच्चै पक्राउ पर्दैछिन् आरजु ? (भिडिओसहित)

के साँच्चै पक्राउ पर्दैछिन् आरजु ? (भिडिओसहित)


पछिल्लो समय घाइरो–घुइरो चर्चा चल्न थालेको छ कि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा पक्राउ पर्दैछिन् । नागरिकतासम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेसँगै आरजुको चर्चाले फेरि बजार पाएको हो ।

विगतमा नक्कनी भुटानी शरणार्थी प्रकरणदेखि अनेक भ्रष्टाचार काण्डमा मुछिएकी देउवापत्नी राणाको नाम पछिल्लो समय टीकापुर जग्गा हिनामिनामा जोडिएको छ । नेपाली कांग्रेस र गृहमन्त्री रवि लामिछानेबीच बढेको द्वन्द्वले पनि आरजु पक्राउको हल्लालाई मलजल गरेको हो । तर के साँच्चै पक्राउ पर्दैछिन् आरजु ? धेरैको चासोको विषय बनेको छ ।

आफ्ना गतिविधिका कारण नागरिकमा निरासा बढेको बुझेका गृहमन्त्री लामिछानेले देखाउनकै लागि भए पनि ‘केही न केही गर्ने’ रणनीति बनाएका छन् । संसदमा बोल्न नपाएकै कारण केही काम गर्न नपाएको भनेर नागरिकको दिमाग डाइभर्ट गर्न पनि उनी सफलै छन् ।

ठूलाठूला काण्डका कुरा गरेर सरकारमा पुगेका लामिछानेले केही दिनअघि प्रतिशोध साँध्नकै लागि भए पनि नागरिकता कसुरमा कान्तिपुरका मालिक सिरोहियालाई पक्राउ गराए । जुन विषयले धेरैको ध्यान खिच्यो । र, केही काम नगरेको आरोपलाई खण्डन गराउनकै लागि भए पनि गृहमन्त्री लामिछानेले टीकापुर जग्गा हिनामिना प्रकरणमा कांग्रेस सभापति देउवापत्नी आरजुलाई बयानका लागि बोलाउने तयारी गरेका छन् ।

आरजुलाई बयानका लागि बोलाएपछि गृहमन्त्रीको फेरि हाइहाइ हुने अनुमान छ । नागरिकले प्रत्याभूत गर्ने कुनै दूरगामी काम गर्नु वा ठूला–ठूला भ्रष्टाचारका फाइल खोलेर कारबाही अघि बढाउनुभन्दा पनि जे गर्दा नागरिक सेन्टिमेन्ट डाइभर्ट हुन्छ, त्यहीं गर्ने रणनीतिमा छन्, गृहमन्त्री । त्यहीं रणनीतिअनुसार देउवापत्नी आरजुलाई बयानका लागि बोलाइने सम्भाबना प्रबल ।

हुनतः भ्रष्ट छविकी नेतृ हुन्– आरजु । अनेक काण्डमा मुछिएकी उनलाई अहिले भने टीकापुर जग्गा प्रकरणमा बयान लिन खोजिएको छ । यहीं सुँइको पाएपछि केही दिनअघि आरजुले २०५३ सालमा ५० हजार रुपैयाँमा उक्त विवादित जग्गा किनेको बताएकी थिइन् ।
के हो टीकापुर जग्गा प्रकरण ?

कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झन्डै ६०० कट्ठा सरकारी जग्गा वितरण गरिएको छ । टीकापुर विकास समितिका पदाधिकारीले मनपरी ढंगले जग्गा वितरण गरेको विषय अहिले विशेष अदालतमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा अनियमितता प्रकरणमा २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली कागजातहरू खडा गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको आरोपमा अख्तियारले टीकापुर नगर विकास समितिका पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार मुद्दा लाग्नेमा १४ जना टीकापुर नगर विकास समिति र त्यसको जग्गा वितरण गर्ने कामसँग सम्बन्धित पदाधिकारी हुन् । ११० जना जग्गाधनी हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT