Techie IT
Sunday, December 28, 2025 | आईतबार, पुस १३, २०८२
२०८२ पुस १३, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रठगीको नयाँ रुप: अनलाइनबाट अर्डर र पैसा लिने, सामान नदिने

ठगीको नयाँ रुप: अनलाइनबाट अर्डर र पैसा लिने, सामान नदिने


काठमाडौं । प्रविधिको विकाससँगै ठगीको शैलीमा परिवर्तन आएको छ । यतिसम्म कि, काठमाडौंमा दुई युवाले अनलाइनमार्फत सामानको अर्डर लिने तर सामान डेलिभर नगर्ने गरेको फेला परेको छ ।

रौतहटका शुभम साह र सत्यमकुमार सहनीले यस्तो ठगीधन्दा गरेको फेला परेको हो ।

प्रहरीका अनुसार उनीहरूले बजार एपमा सामानको तस्बिर राख्थे । तर, खरिदकर्ताले अर्डर गरेर एडभान्स रकम क्यूआरमार्फत भुक्तानी गरेपछि खरिदकर्तालाई ब्लक गरिदिन्थे । सामाजिक सञ्जाल फेसबुकमा ‘मार्केट प्लेस’ मा आकर्षक सामानको विज्ञापन राखेर उनीहरूले ठगीधन्दा चलाएको प्रहरीको भनाइ छ ।

काठमाडौँको कोटेश्वर बस्दै आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT