गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अदालतको आदेशपछि पुनः सुरु भयो न्यूरोडमा फुटपाथ विस्तारको काम अदालतको आदेशपछि पुनः सुरु भयो न्यूरोडमा फुटपाथ विस्तारको काम स्वर्णपत्र बुधबार, २०८१ साउन २ गते, १०:४७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो । महानगरले आज बिहानैदेखि न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन सुरु गरेको हो । अहिले डोजर लगाएर सडकको दायाबायाँ भत्काउन सुरु गरिएको छ । तीन दिन अघि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशसँगै महानगरले फुटपाथ विस्तारको काम सुरु गरेको हो । यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो । कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो । #न्यूरोड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री विश्वप्रकाशसँगै गगन थापाले पनि फागुन २१ को चुनाव नलड्ने काठमाडौं । फागुन २१ गते हुने भनिएको चुनावमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार नहुने बताएका छन् । लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक ४ सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने ५ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ६ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ७ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ८ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी