काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा पीडितहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
गैर न्यायिक खोला मापदण्ड खारेजीको माग गर्दै साँचल सङ्घर्ष समिति, विष्णुमति करिडोर (चमति) तदर्थ समिति, संयुक्त खोला मापदण्ड प्रभावित सङ्घर्ष समिति, बागमती–मनोहरा सरोकार समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनीमा ‘फैसला होइन न्याउ देउ, गैर न्यायिक खोला मापदण्ड खारेज गर’, ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर जस्ता धेरै मागहरु राखीएक थिए ।
सर्वोच्च अदालतले नदी किनारबाट दायाँबायाँ २०,२० मिटर छाडेर मात्र संरक्षण बनाउन पाइने आदेश दिएको थियो । सो निर्णयको खारेजीको माग राख्दै प्रदर्शन गरिएको हो ।