Techie IT
Monday, December 29, 2025 | सोमबार, पुस १४, २०८२
२०८२ पुस १४, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ


काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री शर्मालाई शपथ ग्रहण गराएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्। मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय बनेको छ। शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।

नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका समेत सम्हालेका थिए। संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारी समेत सम्हालिसकेका उनी हाल प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष हुन्।

 

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आयोगमा ५ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए

निर्वाचन आयोगमा पाँच दलले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबारदेखि समानुपातिक

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई

विश्वप्रकाशसँगै गगन थापाले पनि फागुन २१ को चुनाव नलड्ने

काठमाडौं । फागुन २१ गते हुने भनिएको चुनावमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार नहुने बताएका छन् ।

पहिला चुनाव जितेको गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेनन् प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिला चुनाव जितेको गोरखा– २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन् ।

ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच फेरि छलफल हुने भएको छ ।

अब बिजुलीको तारमुनिको जग्गाको पनि कित्ताकाट हुने, किनबेच गर्न सजिलो…

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको पनि कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । सरकारले भूउपयोग

Techie IT