Techie IT
Friday, December 26, 2025 | शुक्रबार, पुस ११, २०८२
२०८२ पुस ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी

रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी

लामिछाने तनावमा


काठमाडौं । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा आफ्नो पार्टीबाट चुनाव लडाउने हल्लाले बजार तातिरहेका बेला घटनाक्रमले नयाँ मोड लिएको छ । खासगरी रविलाई विश्वास गर्न नसकेका बालेनले अर्कै पार्टी खोल्ने तयारी गरेपछि राजनीतिमा नयाँ मोड आएको हो ।

एमाले–कांग्रेसलाई सिध्याउने मुख्य योजनाका साथ नयाँ भनिएका वैकल्पिक शक्तिहरु मिल्न खोजेका हुन् । तर, उनीहरुबीच नै पावर सेयररिङको विषयमा कुरा मिल्न सकेको छैन । विभिन्न अपराधका अभियुक्त रवि लामिछानेप्रति बालेनले शंका गरेकै कारण उनीहरुबीच सहमति हुन नसकेको हो ।

कतिपयलेले रास्वपाले प्रधानमन्त्री नबनाउने भनेपछि बालेनले अर्को बाटो रोजेको भनेर पनि टिप्पणी गरिरहेका छन् । तर कुनै पनि राजनीतिक एजेण्डा नभएका उनीहरुबीच मिल्न र नमिल्न कुनै ठूलो कारण चाहिँदैन ।

सामान्य व्यक्तिगत स्वार्थ मात्रै मिले पनि उनीहरु एक हुनसक्छन् र नमिले टाढा हुनसक्छन् । अहिले बालेनले रविसँग नभए पनि कुलमान घिसिङ, सुदन गुरुङ, रक्षा बमलगायतसँग मिल्ने तयारी गरिरहेका छन् । सम्बभतः उनहरु मिल्छन् पनि ।

किनकि, उनीहरुलाई अहिलेको तरल अवस्थामा जनताको सेन्टिमेन्ट कसरी क्याच गर्न सकिन्छ भन्ने राम्रोसँग थाहा छ । बुझिएअनुसार बालेको पार्टीमा डा भगवान कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवकेशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, सञ्चार उद्यमी कैलाश सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरीलगायतका मानिस सहभागी हुँदैछन् ।

यससँगै तीन वर्ष काठमाडौं मेयर भएर एउटा राम्रो काम गर्न नसकेका र हरेक अप्ठेरोमा लुकेर बसेका बालेनलाई किन अहिलेको समाजले आइडल मानिरहेको छ ? भन्ने प्रश्न पनि पेचिलो बनेको छ ।

जो जस्तो भए पनि नायक खोजिरहेको हाम्रो समाजले कुन दिशा र गति लेला रु यो पनि विवेचनकै विषय बनेको छ । कांग्रेस एमालेलाई देखाइने भन्दा अरु उद्देश्य नभएकाहरुले चुनावै जिते भने पनि के गर्लान् ? के चुनाव जितेर उनीहरुले हाम्रो उद्दार गर्लान् ? प्रश्न पेचिलो छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्ततः एक हुने भए रवि, बालेन र कुलमान, बालेन र…

अन्नतः वैकल्पिक भनिएका तीन शक्ति एक हुने भएका छन् । बुझिएअनुसार काठमाडौंका मेयर बालेन साहसँगै कुलमान घिसिङ पनि रास्वपाकै छानोमुनि

बालेनले भने– नेपालको संविधान बेस्ट छ, संघीयता पनि चाहिन्छ

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले अहिलेको नेपालको संविधान बेस्ट भएको बताएका छन् । जेन जी अभियन्ता रक्षा बमसँगको भेटमा

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले

गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक

काठमाडौं । सुदूरपश्चिमेली देउडा संगीतमा आधारित गायक माहदेव भट्टको नयाँ गीत “मेरी पुट्क्यौली” सार्वजनिक भएको छ। गीत २०८१ साल चैत

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

Techie IT