Techie IT
Wednesday, December 10, 2025 | बुधबार, मंसीर २४, २०८२
२०८२ मंसीर २४, बुधबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङजेन जी आन्दोलनमा विध्वंस मच्चाउने ७४ जना जेल चलान

जेन जी आन्दोलनमा विध्वंस मच्चाउने ७४ जना जेल चलान

९२ जना हाजिरी जमानीमा छुटे


काठमाडौं । जेन–जी आन्दोलनका क्रममा (टीओबी टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २० हजार रुपयाँ धरौटीमा रिहा गरेको छ । दावा जस्तै जेन–जी आन्दोलनमा विभिन्न प्रकारका उदण्डता प्रदर्शन गर्नेमध्ये हालसम्म ८५ जनाले धरौटी सुविधामा रिहा हुने मौका पाएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार अहिले पनि प्रहरी हिरासतमा ४५ र दैनिक हाजिर जमानीमा छुटेका ९२ जनामाथि अनुसन्धान भइरहेको छ । उक्त प्रदर्शनका क्रममा विभिन्न स्थानमा हातहतियार लुटपाट गर्ने र ज्यान मुद्दाबाहेकका आरोपी प्रायः धरौटी, हाजिर जमानीदेखि साधारण तारेखसम्ममा रिहा भएका छन् । हातहतियार सहित पक्राउ परेकामध्ये १८ जनालाई प्रहरीले हाजिर जमानीमा छोडेको छ।

काठमाडौंको महाराजगञ्ज र कोटेश्वरमा गरी तीन प्रहरीले ज्यान गुमाएका थिए । उनीहरुको हत्यासँग सम्बन्धित १५ जनाका विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएकोमा सबै पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

विभिन्न प्रहरी कार्यालयबाट हातहतियार लुट्ने, लुकाउने र सार्वजनिक रुपमा प्रदर्शन गर्नेमध्ये काठमाडौं प्रहरीले हालसम्म १६ जनालाई नियन्त्रणमा लिएको छ । ती सबै पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरीले जनाएको छ ।

उक्त आन्दोलनमा विभिन्न किसिमका कसुरका संलग्न व्यक्तिमध्ये जिल्ला अदालतको आदेशले हालसम्म ७४ जना पुर्पक्षका लागि कारागार पठाइएका छन् । त्यसमा आपराधिक उपद्रवका ३७, हातहतियारमा १६, चोरीका ३, कर्तव्य ज्यानमा १५, ज्यान मार्ने उद्योगमा १ छन् । हालसम्म ८५ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र शाक्यले पदबहाली गरेका छन् ।

Techie IT