Techie IT
Wednesday, December 10, 2025 | बुधबार, मंसीर २४, २०८२
२०८२ मंसीर २४, बुधबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङहितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार


काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र शाक्यले पदबहाली गरेका छन् । सोमबार सर्वोच्च अदालतले बर्खास्तीको रिटमा परमादेश आदेश दिएपछि हितेन्द्र पुनः प्राधिकरणको प्रमुखमा फर्किएका हुन् ।

ऊर्जामन्त्री कुलमान घिसिङले शाक्यलाई हटाएर मनोज सिलवाललाई जिम्मेवारी दिएपछि शाक्य अदालत गएका थिए । न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार हितेन्द्रको पक्षमा परमादेश जारी गरेको हो ।

अदालतले नवयुवाको आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङले शाक्यलाई ‘पूर्वाग्रह’ ‘प्रतिशोधपूर्ण’ र ‘स्वेच्छाचारी’ ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको ठहर गरेको हो।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेन जी आन्दोलनमा विध्वंस मच्चाउने ७४ जना जेल चलान

जेन–जी आन्दोलनका क्रममा टीओबी (टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २०

Techie IT