Techie IT
Wednesday, December 10, 2025 | बुधबार, मंसीर २४, २०८२
२०८२ मंसीर २४, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमाग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प

माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प


काठमाडौँ । देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् ।

केही समय अघि संसदबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए । तर लामो समयसम्म कुराकानी गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ ।

महासंघले भन्सार ऐनमा भएका अव्यवहारिक व्यवस्थाहरू, सर्भरमा देखिएको निरन्तरको समस्या, र पेशागत हकहितका विषयलाई लिएर चरणबद्ध आन्दोलन अन्तर्गत पेनडाउन थालिएको छ । खासगरी दफा ७१ (झ) मा विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा कागजात अपलोड गर्दाखेरि भुलवश भएका गल्तीमा पनि जरिवाना गर्ने प्रावधानप्रति महासङ्घको आपत्ति रहेको छ ।

यसअघि सोमबार महासंघले वीरगञ्ज भन्सार कार्यालयमा पेनडाउन गरेको थियो । तर पनि आफ्ना माग पूरा नभएपछि देशभरका भन्सार कार्यालयको काम रोकेकाहुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र शाक्यले पदबहाली गरेका छन् ।

१४७ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

काठमाडौं । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।

जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण

दल दर्तापछि काठमाडौंमा हर्क साम्पाङको पहिलो सभा

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ दलले भाग लिने भएका छन् ।

Techie IT