Techie IT
Saturday, December 20, 2025 | शुक्रबार, पुस ४, २०८२
२०८२ पुस ४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने

रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने


काठमाडौं । नेपाली राजनीतिमा अति नै अश्थिर र वैचारिक विचलन भएका नेताको पहिचान बनाएका बाबुराम भट्टराईले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आँखा लगाएका छन् । कुनै बेला माओवादी अध्यक्ष प्रचण्डका सहयात्री भट्टराईले नयाँ शक्ति खोलेर वैकल्पिक राजनीतिक दलको अभ्यास गरे । तर त्यसपछि पनि अनेक पार्टी र संगठन गठन, विघठन गरेका बाबुरामले पछिल्लो समय रास्वपामा आँखा लगाएका हुन् ।

कम्युनिस्ट विचारधाराबाट समेत च्युत भएका बाबुराम अहिले जसरी पनि रवि लामिछानेलाई जेलबाट निकाल्नुपर्ने बताइरहेका छन् । सहकारी ठगीको अभियोगमा अदालतले नै पुर्पक्षका लागि थुनामा राखेका लामिछानेलाई जसरी पनि जेलबाट निकालेर उनकै नेतृत्वमा वैकल्पिक पार्टी बनाउनुपर्ने भनेर बाबुरामले भन्नुलाई सामान्य मान्न सकिँदैन । यसको पछाडि बाबुरामका आफ्नै स्वार्थ छन् । पछिल्लो समय कतै पनि नबिकेका र नटिकेका बाबुरामको मूल स्वार्थ भनेको रास्वपामा प्रवेश गर्ने र त्यहीं पार्टीको सभापति हुने भन्ने हो । बाबुलाई थाहा छ कि, अहिलेनै रवि जेलमुक्त हुँदैनन् । त्यसैले रविलाई जेलबाट निकाल्नु पर्छ भनेकै भरमा बाबुराम रास्वपाका कार्यकर्ताको मन जित्न चाहन्छन् ।

रास्वपाभित्र पनि रवि लामिछानेपछिको उत्तराधिकारीको बारेमा विवाद छ । खासगरी स्वर्णिम वाग्ले र डिपी अर्यालबीच विवाद बढिरहेकै बेला बाबुरामले रास्वपाभित्र आफ्नो सुरक्षित स्थान खाजेका हुन् । रास्वपाको सभापतिमा कुलमान घिसिङलाई ल्याउने चर्चा चलिरहेकै बेला बाबुरामले रविको पक्ष लिनुलाई महत्वपूर्ण ढंगमा बुझिएको छ । यसरी सकेसम्म रास्वपा छिरेर रास्वपाकै सभापति हुने र नसकेपछि गोरखाबाट छोरी मानुषी यमीलाई सांसद उठाएर जिताउने वा समानुपातिक सूचीको माथिनै छोरीको नाम राख्ने योजनामा छन् ।

कतिपयलाई बाबुराम भट्टराईले देश र जनताप्रति उत्तरदायी भएर वैकल्पिक राजनीतिक दलको रुपमा रास्वपालाई स्वीकारेको भन्ने लाग्नसक्छ । तर बाबुराम स्वार्थ देशहीत र नागरिकको पक्षमा भन्दा पनि आफ्नै र आफ्नै पारिवारिक विरासतको रक्षामा केन्द्रित छ । हुनत रास्वपा छिरेर बाबुरामले सजिलै सभापति पाउने होइनन् । यो कुरा उनलाई पनि राम्रैसँग थाहा छ । तर, अबको राजनीतिलाई कता मोड्ने भन्ने चिन्ताले बाबुलाई यो मोडमा ल्याइपुर्याएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT