Techie IT
Saturday, December 20, 2025 | शुक्रबार, पुस ४, २०८२
२०८२ पुस ४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविले कार्यकारी सभापति छाड्न नमानेपछि भाँडियो रास्वपा रिफर्मेसन प्रक्रिया

रविले कार्यकारी सभापति छाड्न नमानेपछि भाँडियो रास्वपा रिफर्मेसन प्रक्रिया

बालेन र कुलमान पनि पछि हटे, गोपी हमालदेखि सुदन गुरुङसम्म बेग्लै छलफल


काठमाडौं । पछिल्लो समय रास्वपा रिफर्मेसनको चर्चा व्यापक छ । खासगरी नेतृ तोसिमा कार्कीले पार्टी रिफर्मेसनको बहस सतहमा ल्याएकी हुन् । कार्कीले पार्टीको नेतृत्व रिफर्मेसन गर्ने बहस चलाएपछि बालेनको समर्थनमा कुलमान घिसिङलाई रास्वपाको सभापति बनाउने चर्चा चुलिएको थियो । रविले सभापति छाड्न माने घिसिङलाई सभापति बनाएर जाने विषयमा रास्वपाको एउटा ठूलो तप्का सहमत पनि थियो ।

तर रविले सभापति छाड्न नमानेपछि रास्वपा रिफर्मेकसनको प्रोसेस नै भाँडिएको छ । यतिसम्म कि धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल र जेन–जी प्रतिनिधि सुदन गुरुङलाई समेत समेटेर रास्वपालाई बृहत पार्टी बनाउनेबारे पटक–पटक छलफल भएको थियो । झण्डै तीन हप्तादेखि विभिन्न चरणमा निरन्तर छलफल भए पनि पार्टी प्रमुख को बन्ने भन्ने विषयमा कुरा नमिल्दा एकता प्रक्रिया नै अलमलमा परेको हो ।

आगामी फागुन २१ गतेको लागि तय भएको चुनावका लागि नयाँ दल नखोल्ने, बरु रास्वपामै मिसिएर लड्न उनीहरु सबै सहमत भइसकेका थिए । रवि लामिछाने नभए रास्वपा नचल्ने कुरामा उनीहरु सहमत नै छन् ।

त्यसैले रविलाई पार्टीमा सम्मानजनक सहभागिता गराउन पनि उनीहरू तयार छन् । तर, रास्वपा सभापति लामिछानेमाथि मुद्दा चलेकोले मुद्दा किनारा नलागेसम्म कार्यकारी भूमिकामा नबस्न उनीहरूले आग्रह गरेका छन् । उनीहरुको आग्रहलाई रविले भने मानेका छैनन् । रविलाई संरक्षक वा सर्वोच्च नेता बस्न आग्रह गरिएको बुझिएको छ । तर, कार्यकारी भूमिका छाड्न रवि तयार भएका छैनन् ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा रवि एक वर्षदेखि कारागारमा छन् । सबैलाई समेट्नको लागि रविलाई केही समय कार्यकारी जिम्मेवारीमा नरहँदा राम्रो हुन्छ भनेर बालेनका सहयोगी कुमार बेनदेखि हामी नेपाल अभियानका संयोजक सुदन गुरुङ लगायतले सुझाव दिएका छन् ।

बालेन निकट उनीहरूले उर्जामन्त्री कुलमान घिसिङलाई रास्वपाको सभापति बनाउन प्रस्ताव पनि गरिसकेका छन् । त्यसो हुँदा पार्टी सर्वस्वीकार्य बन्ने र नेतृत्वमा कुनै समस्या नहुँदा चुनावमा आरामदायी बहुमत ल्याउन सकिने उनीहरूको बुझाइ छ रास्वपा छोडेर बसेकी सुमना श्रेष्ठ, फिल्म निर्देशक निश्चल बस्नेत, केही कलाकारहरू पनि रवि कार्यकारी भूमिकामा नरहे यही पार्टीबाटै चुनाव लड्न सकिने पक्षमा छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT