Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रगिरिबन्धुको फाइल खोल्ने तयारीमा गृहमन्त्री अर्याल, कागजी प्रक्रिया मिलाइँदै

गिरिबन्धुको फाइल खोल्ने तयारीमा गृहमन्त्री अर्याल, कागजी प्रक्रिया मिलाइँदै


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बहुचर्चित गिरिबन्धु टि स्टेटमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी फाइल खोल्ने तयारी गरेका छन् । जेन जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका गृहमन्त्री अर्यालले तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोडिएको भनिएको गिरिबन्धु टी स्टेटको फाइल खोल्ने तयारी गरेका हुन् ।

एक प्रसङ्गमा गृहमन्त्री अर्यालले कसैले उक्त भ्रष्टाचारसम्बन्धी उजुरी गरे फाइल खोल्न सजिलो हुने पनि बताएका छन् । यससँगै भ्रष्टाचारको आरोप लागेका एमाले अध्यक्ष ओलीले पनि गिरिबन्धु टी स्टेटबारे निश्पक्ष छानबिन गर्न चुनौती दिएका छन् । यसरी अहिले चर्चामा रहेको गिरिबन्धुको वास्तविताबारे भने धेरैलाई थाहा नहुनसक्छ ।

खासमा तीनजना गिरी थर भएका दाजुभाइले सञ्चालन गरेको एउटा चिया उत्पादन कम्पनी हो– गिरीबन्धु । झापाका प्रेमप्रसाद, कृष्ण र त्रिलोचन गिरीले भूमिसुधार ऐन आउनुअघि नै २०२० सालमा बिर्तामोड नजिकै उक्त कम्पनी खोलेका थिए ।

२०२१ सालमा नयाँ भूमिसुधार ऐन आएपछि उक्त कम्पनीले कानुनअनुसार नै जग्गा हदबन्दी छुट मागेको थियो । र, त्यतिबेलाको सरकारले ३ सय ४३ बिघा १९ कठ्ठा जग्गा राख्न अनुमति पनि दिएको थियो । कानुनअनुसार उक्त जग्गामा चिया खेतीमात्र गर्न पाइन्थ्यो ।

चिया खेती गर्न छोडेको हदबन्दी छुट पाएको जग्गा कानुनतः सरकारको हुन्थ्यो । तर गिरीबन्धुले हदबन्दीमा पाएको जग्गालाई आफ्नो बनाउन विभिन्न राजनीतिक दल र व्यक्तिहरूलाई प्रलोभनमा पारेको र सोही अनुसार संसद एवम् सरकारबाट कानुन नै संशोधन गरेर कार्यान्वयन गरी किनबेच तथा सट्टापट्टा गर्न मिल्ने बाटो खोलिदिएको आरोप छ ।

खासमा यहीं प्रसाङ्गमा ओलीलाई भ्रष्टाचारको आरोप लागेको हो । ओली प्रधानमन्त्री रहेको बेलामा अर्थात २०७६ सालमा कानुन नै संशोधन गरेर गिरीबन्धुको जग्गा दुरूपयोग गर्ने बाटो खोलिदिएको आरोप छ । हदबन्दी छुटअन्तर्गत् निश्चित प्रयोजनका लागि विभिन्न व्यक्ति वा कम्पनीले लिएका जग्गा सट्टापट्टा गर्न र बेचबिखनसमेत गर्न पाउने गरी २०७६ साल माघमा कानुन संशोधन गरिएको हो ।

उक्त संशोधित ऐनमा थपिएको दफा १२ ‘ग’ मा कस्तो अवस्थामा बिक्री गर्न र कस्तो अवस्थामा सट्टापट्टा गर्ने भन्ने उल्लेख छ । दफा १२ ‘ग’ को उपदफा २ ले भने सट्टापट्टा गर्न सरकारले स्वीकृति दिन सक्ने व्यवस्था गरेको छ ।

यसरी बनेको विवादास्पद कानुनको कार्यान्वयन २०७८ सालमा पहिलो पटक प्रधानमन्त्री ओलीले नै गरेका थिए । त्यही बेला २०७८ वैशाख १३ गते मन्त्रिपरिषदले गिरीबन्धुलाई जग्गा साट्न दिने निर्णय गरेको थियो । यसैकारण ओलीलाई गिरिबन्धुमा भ्रष्टाचार गरेको आरोप लागेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT