Techie IT
Sunday, October 26, 2025 | आईतबार, कात्तिक ९, २०८२
२०८२ कात्तिक ९, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजेन जी आन्दोलनमा फ्रि तिब्बतवालाले बबाल गरेको पुष्टि, एआइ भिडिओ भन्दै विषयान्तर गर्ने प्रयास असफल

जेन जी आन्दोलनमा फ्रि तिब्बतवालाले बबाल गरेको पुष्टि, एआइ भिडिओ भन्दै विषयान्तर गर्ने प्रयास असफल


काठमाडौं । अहिले सामाजिक सञ्जालभर जेन जी आन्दोलनमा टीओबी लेखिएको टीसर्ट लगाएका युवाको उपस्थिति र उनीहरुले लगाएको नाराको चर्चा छ । आन्दोलनको बीचमा साइलेन्सर बजाउँदै कालो टीसर्टमा पहेंलो रंगमा टीओबी लेखिएको टिसर्ट सार्वजनिक भएसँगै यसबारे अनेक टिकाटिप्पणी भइरहेका छन् ।

कतिपयले टिओबीको अर्थ तिब्बेतियन ओरिजिनल ब्लड अर्थात तिब्बती मूलका नागरिक भनेर बजार पिटे । खासगरी जेन आन्दोलनको विपक्षमा रहेकाहरुले उक्त टिसर्ट लगाएका मानिसहरुका बारे अनेक नकारात्मक टिप्पणी गरे, गरिरहेका छन् । तर, जेन जी आन्दोलनलाई ठूलो उपलब्धी मान्नेहरुले टीओवीको अर्थ अरु नै भएको भन्दै तर्क गरिरहेका छन् ।

कतिपयले मोटरसाइकल राइडरको संकठन भएको पनि बताइरहेका छन् । कतिपयले त उक्त भिडिओ नै एआइले बनाएको भनेर समेत जिकिर गरिरहेका छन् । तर आन्दोलनमा देखिएका युवाले लगाएको उक्त टिसर्टको माथि टिओबी लेखिएपनि त्यसको तल प्रष्ट भाषामा तिब्बेतियन ओरिजिनल ब्लड भनेर लेखिएको छ । त्यसैले आन्दोलनमा फ्रि तिब्बेतको नारा लगाउनेहरुको पनि उपस्थिति भएको प्रष्टै हुन्छ ।

यसबाट पनि बुझ्न सकिन्छ कि, नेपालका जेन जीले इमानदार नियतका भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दविरुद्ध गरेको आन्दोलनलाई धेरै खाले मान्छेहरुले प्रयोग गरे, गरिरहेका छन् । हुन त अहिलेको सरकारलाई नै एनजिओले बनाएको वा चलाएको भन्ने आरोप छ । जुन आरोपलाई यस्ता घटना र दृश्यहरुले झन् पुष्टि गर्छन् ।

खासगरी जेन जी आन्दोलनलाई नै एन्टी चाइना मुभमेन्टका रुपमा पनि हेरिएको छ । आन्दोलनमा फ्री तिब्बेतवालाको सक्रिय उपस्थिति देखिनु, अमेरिकी युथ काउन्सिलका सदस्यहरुको नियोजित सहभागिता हुनु, बारबरा फाउन्डेसका अधिकांश सदस्य मन्त्री हुनु, मन्त्री बनाउन लागिएकी टासी पनि तिब्बती मूलकी नागरिक भएको आरोप लाग्नु र उनी अमेरिकी युथ काउन्सिलकी सदस्य भएको प्रमाणित हुनु जस्ता कुराले जेन जी आन्दोलनलाई चीनविरोधी गतिविधिका रुपमा हेरिएको हो ।

त्यतिमात्रै होइन, प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियक्त गरेकी पत्रकार अजयभद्र खनाल पनि अमेरिकी परियोजनामै काम गर्ने मान्छे हुन् । यससँगै फ्री तिब्बतका नेता दलाइ लामाले नै सबैभन्दा पहिला सुशीला कार्कीलाई प्रधानमन्त्री भएकोमा बधाइ दिनुले पनि घटनालाई शंकास्पद बनाएको छ । प्रष्ट छ कि, यसअघि दलाइ लामाले नेपालका कुनै पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाइ दिँदैनथे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन

गुम्बाको सहर भनिने यो क्षेत्रमा ह्योल्मो जातिको बाहुल्यता छ, जहाँको विशिष्ट संस्कृति, आतिथ्य सत्कार र प्राकृतिक सुन्दरताले आगन्तुकलाई आकर्षित गर्ने

खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव, ४२ दिनका लागि…

काठमाडौं । खर्च गर्न मिल्ने रकम बैंकमै थन्किएर तनाव भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम

बिजुली काटेर उद्योग बन्द गराएपछि सरकारलाई चावी बुझाउँदै उद्योगी, उत्पादन…

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ मार्फत विद्युत प्रयोग गरी महसुल नतिरेका उद्योगहरूको लाइन काट्न थालेपछि निजी क्षेत्रमा

तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६…

काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले

विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ले देश भुङ्ग्रोमा गएको दुर्गा प्रसाईको दाबी

दुर्गा प्रसाईले देशलाई कमजोर बनाउन विदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् ।

जेन जी आन्दोलनमा भारतीयदेखि क्यानाडियनसम्मको घुसपैठ भएको प्रमाण बाहिरियो

काठमाडौं । काठमाडौंमा भएका जेन–जी प्रदर्शनमा विदेशी नागरिकता र राहदानीको आडमा सक्रिय समूहको संलग्नता खुल्न थालेको छ । क्यानाडाको नागरिकता

Techie IT