Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजेन जी आन्दोलनमा सुरक्षाकर्मीकै भूमिका सबैभन्दा शंकास्पद, प्रहरी कर्मचारीले नै दिए जाँचबुझ आयोगमा उजुरी

जेन जी आन्दोलनमा सुरक्षाकर्मीकै भूमिका सबैभन्दा शंकास्पद, प्रहरी कर्मचारीले नै दिए जाँचबुझ आयोगमा उजुरी

रबिलाई प्रधानमन्त्री बनाउनकै लागि जेल ब्रेक गराएको खुलासा


काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा सुरक्षाकर्मीकै भूमिका अतिशंकास्पद देखिएको छ । प्रदर्शनकारीलाई सजिलै संसद भवन छिर्न दिनु, अन्धाधुन्ध गोली चलाउनु, भोलिपल्ट बिहानैदेखि अघोषितरुपमा आन्दोलनकारीसँग आत्मसमर्पण गर्नु र नख्खु जेलबाट रवि लामिछानेलाई विजयी भावमा बाहिर निकाल्नुले प्रहरीको भूमिका शंकास्पद देखाएको हो ।

अझ आन्दोलनबाट पीडित भएका प्रहरी कर्मचारीले नै प्रहरीको भूमिकामाथि शंका गर्दै जाँचबुझ आयोगमा उजुरी दिएपछि उक्त सत्य उदाङ्गो भएको हो । घटनाक्रम र आयोगमा परेको उजुरीबाट प्रष्ट हुन्छ कि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेलाई प्रधानमन्त्री बनाउनकै नख्खु कारागारबाट बाहिर निकालिएको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय छानबिन आयोगमा परेको उजुरीअनुसार लामिछानेको रिहाइ प्रक्रिया भदौ २३ गते तत्कालीन गृहमन्त्री रमेश लेखकको राजीनामा लगत्तै गृहमन्त्रालय र प्रहरी नेतृत्वबीचको छलफलपछि अघि बढाइएको थियो । तत्कालीन उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, गृह सचिव गोकर्ण मणि दुवाडी र रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालबीच लामो छलफलपछि नख्खु जेल प्रशासनले लामिछानेलाई छुटाएको बताइएको छ ।

भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ को क्रममा व्यापक भिडन्त हुँदा राजधानीको नयाँ बानेश्वर क्षेत्र रणभूमि बनेको थियो। प्रहरीको गोली प्रहारबाट १९ जनाको मृत्यु भएको र सयौं घाइते भएका थिए। त्यस घटनापछि तत्कालीन गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। युद्धस्तरको तनावबीच भदौ २४ बिहान एआईजी कार्कीले कुनै हालतमा गोली नचलाउने र थुनुवा छोड्ने आदेश जारी गरेपछि काठमाडौं उपत्यकामा सुरक्षा निकायको मनोबल कमजोर भएको थियो ।

उक्त आदेशपछि केही थुनुवाले प्रहरी कार्यालयमा आक्रमण, आगजनी र हातहतियार लुटपाट गरेको आरोप लागेको छ। यसैबीच, रवि लामिछानेको रिहाइ राजनीतिक स्वार्थसहित गरिएको आरोप सर्वसाधारणले लगाएका छन्। रविनिकट केही नेताहरूले लामिछानेलाई तुरुन्तै प्रधानमन्त्री बनाउने तयारी रहेको दाबीसमेत गरेका छन्।

यता, प्रहरी संगठनभित्र भने रिहाइ प्रकरणबारे गम्भीर असन्तोष व्यक्त गरिएको छ। उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूले उच्चस्तरीय जाँचबुझ आयोगलाई बुझाएको निवेदनमा ‘आदेश नदिएको भए प्रहरी कार्यालय, हातहतियार र थुनुवाको सुरक्षा सम्भव हुने थियो’ भन्दै एआईजी कार्कीमाथि अनुसन्धानको माग गरेका छन्।

नख्खु कारागारबाट लामिछानेलाई निकाल्ने क्रममा गृह सचिव दुवाडी, रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्याल, प्रमुख सचिव एकनारायण अर्याल र लामिछानेकी पत्नी निकिता पौडेलबीच निरन्तर सम्पर्क भएको उजुरीमा उल्लेख छ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT