Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदेशमा झन बढ्यो अन्योल, चुनाव हुनेमा शंकैशंका

देशमा झन बढ्यो अन्योल, चुनाव हुनेमा शंकैशंका

सेनाको मुख ताक्दै एकाथरी, राजावादीहरु उत्साहित


काठमाडौं । जेन जी आतंकपछि सुशीला कार्की नेतृत्वमा चुनावी सरकार बन्नुलाई धेरैले ठूलो राजनीतिक उपलब्धीका रुपमा व्यख्या गरे । ओली, देउवा र प्रचण्डको घर जलाउनुलाई क्रान्ति भनियो । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार र भाटभटेनी जस्ता भवन जल्नुलाई भ्रष्टाचारविरुद्धको विगुलका रुपमा चित्रण गरियो ।

तर, बिडम्बना १ चुनावी सरकार बनेपछि देशले जुन प्रकारको लय लिनुपर्ने थियो, लिन सकेन । उल्टै देश झन अन्योल र अनिश्चिततातिर मोडिएको छ । मुख्यकुरा त फागुन २१ मा चुनाव गर्नकै लागि यो सरकार बनाइएको हो । तर, अहिलेका हरेक गतिविधिबाट प्रष्ट हुन्छ कि, फागुन २.१ मा चुनाव हुन सम्भवै छैन ।

अस्ति राति प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखबीच भएको छलफलले यसलाई स्पष्ट बनाएको छ । मूलकुरा त, अहिलेको सरकारलाई प्रहरी प्रशासनले पत्याउनै सकेको छैन । प्रहरी प्रशासनले मात्रै होइन, कर्मचारीले पनि सरकारमाथि भरोसा गर्न सकेका छैनन् । सरकारमाथि सुदन गुरुङ हाबी भएसँगै प्रहरी प्रशासनको मनोबल नराम्ररी गिरेको छ ।

यतिसम्म कि, अचेल राति–राति बिटका प्रहरीलाई वृत्त र परिसरमा ल्याएर सुरक्षित राख्ने गरिएको छ । यससँगै विभिन्न जेन जी नामका समूहसँगै दुर्गा प्रसाई नेतृत्वको समूहले पनि आन्दोलनको घोषणा गरिरहेका छन् । र, अर्को कुरा– निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफलै अघि बढाएको छैन । आयोगले चुनाव गराए पनि कांग्रेस, एमाले जस्ता दलले चुनावमा भाग लिन्छन् कि लिँदैनन् भन्ने निश्चित छैन ।

कांग्रेस, एमालेले भाग नलिएको चुनावले वैधता पाउला कि नपाउला रु त्यस्तै संसद पुनःस्थापनाको माग गर्दै एमालेसँगै केही स्वतन्त्र कानूनकर्मी अदालत जाने निश्चित भएको छ । त्यसपछि संसद पुनःस्थापना भएमा के हुन्छ ? भन्ने प्रश्न पनि पेचिलो छ ।

यो त एक प्रकारको अनिश्चितता हो । यससँगै मुलुक असफलताको दिशातिर जाने र फेरि सेनाले नै मुलुक कब्जा गर्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । यहीं तरलताको मौका छोपेर राजतन्त्र फर्काउने शक्ति पनि सल्बलाउन थालेका छन् ।

त्यस्तै अहिले देशका सबै सूचकहरु धराप छन् । यसअघि विश्व बैंकले ५.२ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरेकोमा जेन जी आन्दोलनपछि त्यसलाई घटाएर २.१ कायम गरिएको छ । सेयर मार्केछ रक्ताम्ये छ । विदेशीले भिसा दिन छाडिसके । कतिपय देशले त नेपालमा नजान निर्देश नै जारी गरिसके । नेपालमा कसैले पनि ठूलो लगानी गर्नसक्ने अवस्था छैन ।

भएकै लगानी पनि डुब्ने र लगानीकर्ताहरु पलायन हुनपर्ने स्थिति छ । तै पनि अझै केही मान्छेहरु देशमा ठूलै परिवर्तन र उपलब्धी भएको जसरी हर्षबढाइँ गरिरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार

ओली भन्छन्– छिट्टै भ्याली बाहिर जाँदैछु, तर असंवैधानिक सरकारलाई सोध्दिनँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। यस टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताको क्रममा ओलीले

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

Techie IT