Techie IT
Thursday, January 8, 2026 | बिहीबार, पुस २४, २०८२
२०८२ पुस २४, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो


काठमाडौं । बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । केन्द्रीय राजनीतिमा सत्ता नयाँ सत्ता समीकरणको सहमति भएसँगै एमालेका मन्त्रीहरूले सोमबार राजीनामा दिएका हुन् ।

एमालेबाट सरकारमा सहभागी आर्थिक मामिलामन्त्री जगन्नाथ थपलिया, उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानीमन्त्री एकालालले राजीनामा बुझाएका हुन् ।

गत चैत्र १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रोपटक सहभागी भएको एमाले केन्द्रमा नयाँ गठबन्धन भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला

आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा

काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्नेरखेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन्

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

सुनको मूल्य २ हजारले घट्यो

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

Techie IT