Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमानव अधिकारद्धारा केपी ओली र रमेश लेखकलाई तत्काल कारबाही गर्न माग

मानव अधिकारद्धारा केपी ओली र रमेश लेखकलाई तत्काल कारबाही गर्न माग

अन्धाधुन्ध गोली चलाएर नागरिकको हत्या गरेको आरोप


काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाएर नागरिकको हत्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक मुख्य दोषी रहेको भन्दै कारबाही माग गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले दुवैमाथि कानुनी कारबाही थाल्न र जनधनको अपार क्षति सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन आयोग माग गरेको छ ।

त्यस आन्दोलनका क्रममा राज्यका विभिन्न धरोहरसहित सार्वजनिक सम्पत्ति, प्रेस तथा नागरिकका निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि पनि दण्डको माग गरिएको छ ।

‘स्मरणीय छ, आन्दोलनरत पक्ष स्वयम्ले घुसपैठका कारण त्यस्ता घटना घटेको बताइसकेको सन्दर्भमा त्यस्ता आपराधिक कृत्यमा संलग्नहरुको पहिचान र कारबाही हुन सकेन भने भविष्यमा त्यो प्रवृत्ति संस्थागत भएर जाने र बारम्बार राष्ट्र र समाजलाई पिरोल्ने खतरा रहेको छ,’ समाजले भनेको छ।

समाजले राज्यको ढुकुटी दोहन गर्दै पूर्वविशिष्टलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा कटौती गर्न, ध्वस्त संरचना पुनर्निर्माणका लागि सबै क्षेत्रबाट योगदान र पुनर्निर्माण मन्त्रालय बनाई आगामी दशकलाई पुनर्निर्माण दशक घोषणा गर्न, प्रहरीलगायत नागरिक प्रशासन तत्काल सुचारु गरी सेवा प्रवाह चुस्त दुरुस्त बनाउन भनेको छ ।

यस्तै, विगतमा संवैधानिक, न्यायिक निकायमा राजनीतिक–दलीय भागबण्डाका नियुक्ति पाएकालाई मार्ग प्रशस्त वा पदमुक्त गराउन पनि समाजले भनेको छ । अर्कातिर अन्तरिम सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण पनि भनिएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार

ओली भन्छन्– छिट्टै भ्याली बाहिर जाँदैछु, तर असंवैधानिक सरकारलाई सोध्दिनँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। यस टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताको क्रममा ओलीले

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

Techie IT