Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रघर जलेका पूर्वप्रधानमन्त्रीसँगै नेताहरुको विजोग

घर जलेका पूर्वप्रधानमन्त्रीसँगै नेताहरुको विजोग

नागरिकले कोठा भाडामा दिनसमेत गरे आनाकानी, पुगे आफन्तको शरणमा


काठमाडौं । वर्षौदेखि राजनीतिमा जमेका देशका पूर्वप्रधानमन्त्रीसँगै थुप्रै नेताहरुको अहिले विजोग भएको छ । जेन जी आन्दोलनका क्रममा घर जलेपछि अहिले उनीहरु आफन्तको शरणमा पुगेका छन् । नागरिकले कोठ भाडामा दिनसमेत आनाकानी गरेपछि उनीहरु आफन्तको शरणमा पुगेका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अहिलेपनि सेनाको सुरक्षा घेरामा छन् । कांग्रेस सभापति देउवा दम्पत्ति उपचारार्थ छन् । प्रचण्ड, बाबुराम, माधव र झलनाथ भने आफन्तको घरमा बस्न बाध्य छन् । आफ्ना घर जलेर खरानी बनेपछि शिर्ष नेताका अलवा अन्य पुर्वमन्त्री तथा उच्चपदस्थहरु पनि सडकमै पुगेका छन् ।

एमालेमा पृथ्वी सुब्बा गुरुङ्ग, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णुप्रसाद पौडेल, पदम गिरी, सुरेन्द्र पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, रघुवीर महासेठ, योगेश भट्टराई, गोर्कण विष्ट, सूर्य थापा, कोमल ओली सहितका नेताहरु डेराको खोजीमा छन् । त्यस्तै कांग्रेसमा पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, दिपक खड्का, रमेश लेखक, विनोद चौधरी सम्मका नेता डेरा सर्न बाध्य हुँदा माओवादीमा प्रचण्डपुत्री गंगा दाहाल, नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, माधव सापकोटा (सुवोध), रामनारायण बिडारीको समेत उही हाल छ ।

यतिका नेताहरु घरविहिन बनेर डेरा सार्नुपर्ने अवस्था सिर्जना भएपनि नेताहले अझै चेतेका छैनन् । उनीहरु अझै उहीं पुरानै रवाफमा उठ्ने दाबी गरिरहेका छन् । यद्यपी, केही नेताले भने आत्मालोचना पनि गरिरहेका छन् । आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिसँगै व्यपारिक कम्प्लेक्सहरु जल्नु निकै दुखद क्ुरा हो । नेताहरुकै पनि घर जल्नु राम्रो कुरा होइन । नेता भन्नेवित्तिकै सबै खराबै हुन्छन् भन्ने पनि होइन ।

तर विगतदेखिको रवैयाका कारण नागरिकको निसानामा नेताहरु परेका छन् । त्यसैले त नेताहरुको घर जल्दासमेत उनीहरुले सहानुभूति पाउन सकेका छैन् । त्यसैले अब अरुलाई दोष दिएर भन्दा पनि आत्माआलोचना गर्दै नेताहरु सुध्रुनको विकल्प छैन । अब नेताहरु आफू सच्चिने मात्रै होइन, आफूसम्बद्ध दललाई पनि सुधार्नतर्फ लाग्नुपर्छ । दलभित्रको नेतृत्व छनोट प्रक्रियालाई चु्स्त युवामैत्री बनाउनति लाग्नुपर्दछ । नत्र फेरि पनि जनआक्रोशको निसानामा नेताहरु नपर्लान् भन्न सकिन्न ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT