Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनको दलमा गणेश कार्कीदेखि अनिलकेशरीसम्मको चर्चा

बालेनको दलमा गणेश कार्कीदेखि अनिलकेशरीसम्मको चर्चा

रास्वपामाथि थपियो चुनौती, पुराना दल तनावमा


काठमाडौं । अहिले राजनीतिक वृत्तमा काठमाडौं महानगरका मेयर बालेन साहले नयाँ दल खोल्ने कुरा निकै चर्चामा छ । हुनतः बालेनले दल खोल्ने चर्चा नयाँ होइन । तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै बालेनले दल खोल्ने कुराले धेरैको ध्यान खिचेको छ ।

जेन जी आन्दोलनकै बलमा बनेको अहिलेको अन्तरिम सरकारले फागुन २१ गते संसदको चुनाव गर्ने भनेको छ । फागुनमा चुनाव गर्ने कुरा आफैंमा निकै चुनौतीपूर्ण छ । यतिसम्म कि, चुनावअघि नै पुरानै प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना पनि कमजोर छैन । तर, जे होस् अब राजनीतिक दलहरु चुनाव हुन्छ भनेर नै मैदानमा होमिनुपर्ने अवस्थामा छन् ।

अहिलेकै अवस्थामा चुनाव हुँदा पुराना दललाई खुलेर मैदानमा उत्रन समेत सकस हुने अवस्था छ । नयाँ भनिएको रास्वपा पनि आफैंभित्रको किचलो र गल्तीमाथि गल्तीले थिचिएर थिलथिलो भएको छ । यसैबीच बालेनको नयाँ दल दर्ताको हल्लाले बजार पिटेको हो । बालेनले खोल्ने भनिएको नयाँ दल प्रजातान्त्रिक मूल्य मान्यता राख्ने खालको हुने बुझिएको छ ।

र, अहिले उक्त पार्टीको नेतृत्व पनि बालेनले नगरेर अरु कसैले गर्ने सम्भावना प्रबल छ । बुझिएअनुसार अझै पनि बालेन फ्रन्टलाइनमा नआएर अर्थात पर्दाभित्रै बसेर खेल खेल्ने मुडमा देखिन्छन् । दलको नेतृत्वको नगरे पनि उनले त्यहीं दलबाट चुनाव लड्ने सम्भावना छ । तर, त्यतिबेला प्रत्यक्ष कार्यकारीका लागि चुनाव हुने होइन ।

सांसद जितेर प्रधानमन्त्री हुने खेल खेल्नुपर्ने हुँदा बालेन त्यो खेलबाट पन्छने सम्भावना पनि छ । अहिले नै अध्यादेशबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीका लागि चुनाव लड्ने चाहना भए पनि त्यो सम्भावना एकदमै कम रहेको बालेनले बुझेका छन् । र, अहिले बालेनले दल गठननै गर्दा उनको टिममा समेटिने मान्छेहरुको सूची पनि बढ्दै गएको छ ।

बुझिएअनुसार बालेनको पार्टीमा रास्वपा छाडेकी सुमना श्रेष्ठ, अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, रास्वपाका पूर्वनेता एवम् बैंकर अनिलकेशरी साहलगायत सहभागी हुनेछन् । यसरी बालेनले अहिलेकै अवस्थामा दल खोलेर चुनावमा होमिए भने रास्वपालाई समेत निकै कठिन पर्ने देखिन्छ भने पुराना दल कुन हालतमा पुग्ने हुन् भनेर अनुमान गर्नसमेत कठिन छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT