Techie IT
Thursday, September 18, 2025 | बिहीबार, असोज २, २०८२
२०८२ असोज २, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रवैधानिकरुपमै जेलबाट छुट्ने कसरतमा रवि लामिछाने

वैधानिकरुपमै जेलबाट छुट्ने कसरतमा रवि लामिछाने

सुशीला कार्की नेतृत्वको सरकारले मुद्दा फिर्ता लेला कि अदालतले नै मुद्दा जिताइदेला ?


काठमाडौं । भदौ २४ गते जालसाजीपूर्ण ढंगमा नख्खु जेलबाट निस्केका रास्वपा सभापति रवि लामिछाने फेरि जेलमै फर्कनु परेको छ । र, उनीको जेलमुक्तिको यात्रा निकै विवादित समेत बनेको छ । यससँगै उनले वैधानिकरुपमै जेलबाट निस्कने प्रयास पनि गरिरहेको बुझिएको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक प्रतिशोधका आधारमा रविलाई जेल हालिएको भनिएको थियो । रास्वपाले पनि त्यसै कुरालाई राजनीतिक नारा बनाएको थियो । तर अहिले परिस्थिति बदलिएको छ ।

अर्थात राजनीतिक दलको सरकार ढलेर नागरिक सरकार बनेको छ । त्यसैले यदि रविलाई राजीतिक प्रतिशोधको आधारमा मात्रै त्यतिबेलाको सरकारले मुद्दा चलाएको भए अहिलेको सरकारले मुद्दा फिर्ता लिनुपर्छ ।

यतिसम्म कि, नयाँ सरकार बनेसँगै महान्यायाधीवक्ता पनि नयाँ नियुक्त भइसकेकी छिन् । यो अवस्थामा सरकारी वकिलको कार्यालयले रविविरुद्ध जहाँ जहाँ मु्द्दा चलेको हो, त्यहाँ त्यहाँबाट मुद्दा फिर्ता लिने हो भने रवि जेलमुक्त हुने सम्भवना प्रबल छ ।

तर यदि अहिलेको सरकारले मुद्दा फिर्ता लिएन भने रविलाई अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा जेल हालेको पुष्टि हुँदैन । त्यसैले रविको जेलमुक्ति मात्रै होइन, रास्वपाको राजनीतिक सफलताको लागि पनि सरकारले रविविरुद्धको मुद्दा फिर्ता लिनुपर्छ ।

रवि जेलमुक्त हुने अर्को आधार भनेको अदालतले नै उनलाई सफाइ दिनुपर्छ । तर यसअघि आफ्नो भागको बिगो तिरेर धरौटीमा छाड्न समेत नमानेको अदालतले नयाँ सरकार आउनेवित्तिकै फटाफट उनको पक्षमा फैसला गर्ने सम्भावना एकदमै कम हुन्छ ।

हुन त अहिले रवि लामिछाने जेलमा हुनु परेको सरकार वा कुनै सहकारी पीडितको उजुरीका कारण होइन । रवि आफैंले धरौटी रकम धेरै भयो भनेर उच्च अदालतमा रिट नहालेको भए अहिले रवि बाहिरै हुने थिए ।

तर, बढी बाठो भएर अदालतमा मुद्दा हाल्दा त्यसको ब्याकफायर भएर रवि अहिले जेलमै बसिरहनु परेको छ । र, रवि जेल बसाइँलाई नै राजनीतिको मूल नारा बनाइरहेको रास्वपा पनि यतिबेला अतिअप्ठेरोमा परेको छ । यतिसम्म कि, यहीं अप्ठेरोका कारण रास्वपा खिइँदै गएर चुनावसम्ममा सकिने त होइन ? भन्ने चिन्ता पनि बढ्न थालेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अध्यदेशमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराइने सम्भावना बढ्यो

जेन जी आन्दोलनपछि देशको राजनीतिकले एकैचोटि ३६० डिग्री उल्टो मोड लिएको छ । राजीतिक दल नेतृत्वको सरकार ढलेर नागरिक सरकार

जताततै देखिन थाल्यो जेन–जी आन्दोलनको साइड इफेक्ट

संयुक्त अरब इमिरेट्स यूएईले नेपाली नागरिकका लागि वर्किङ भिसा बन्द गरेको छ । सोमबारबाट नेपालीका लागि भिजिट भिसा बन्द गरेको

फेरि सुरु भयो काठमाडौं महानगरका प्रमुख प्रशासकीय हटाउने खेल, मेयर…

काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटाउनका लागि फेरि खेल सुरु भएको छ । बुझिएअनुसार मेयर बालेन्द्र

२१ न्यायाधीशका लागि खुल्यो विज्ञापन, ३० दिनभित्र आवेदन दिन आग्रह

काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको ३१ भदौको बैठकले सूचना

स्वास्थ्यमन्त्री बन्न निकोलस भुसालको लबिङ, सञ्चारमन्त्रीमा राजिव खत्रीदेखि दीलभूषण पाठकसम्मको…

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न चाहनेहरुको सूची दिन दुगुणा, रात चौगुणाको दरले बढिरहेको छ । यसबीच

जेन जी आन्दोलनमा सरकारी तर्फबाट चरम दमन भएको भन्दै बागमतीका…

काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । जेनजी आन्दोलन चर्किँदै जाँदा उनले भदौ २४ गते नै

Techie IT