Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररामेश आचार्य नेतृत्वको जेन–जी समूहको बेग्लै पत्रकार सम्मेलन, सुदन गुरुङप्रति कडा टिप्पणी

रामेश आचार्य नेतृत्वको जेन–जी समूहको बेग्लै पत्रकार सम्मेलन, सुदन गुरुङप्रति कडा टिप्पणी


काठमाडौं । रामेश आचार्य नेतृत्वको जेन जी समूहले रिपोर्टस क्लबमा बेग्लै पत्रकार सम्मेलन गर्दै संसद विघटन नगरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग राखेको छ ।

‘हामी नेपाल’ समूहका युवाहरुले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने र संसद विघटन गर्नुपर्ने मागसहित राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरिरहँदा आचार्य नेतृत्वको समूहले भने कुनै पनि हालतमा संसद विघटन गर्न नहुने अडान अघि सारेको हो ।

संसदबाट संविधान संशोधन गर्नुपर्ने आवश्यकता देखिएको भन्दै विघटनले झन् ठूलो संकट निम्त्याउने उनीहरुको धारणा छ । उता संसद विघटनको अडान राख्दै आएको हामी समूहका सुदन गुरुङलाई शीतल निवासमा बोलाइएको बुझिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT