Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रवार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग, यी हुन् वार्तामा बस्ने १० जना जेन जी

वार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग, यी हुन् वार्तामा बस्ने १० जना जेन जी


काठमाडौं । जेनजीले वार्ता गर्न ६ बुँदे माग अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्तामा आह्वान गरेपछि जेनजीले ६ बुँदे माग अघि सारेका हुन् । जसअनुसार तत्कालै गर्नुपर्ने भनेर शर्तको रुपमा विगत तीन दशकमा लुटिएको सम्पति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग राखिएको छ ।

यस्तै शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा र सञ्चारजस्ता पाँचवटा मूलभूत संस्थाको संरचनागत सुधार र पुनगठन गर्नुपर्ने माग अघि सारिएको छ । यसैगरी उनीहरुले वर्तमान राजनीतिक शून्यता र अस्थिरतालाई व्यवस्थापन गर्न जेनजी पुस्ताको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने, सम्पूर्ण हिंसात्मक गतिविधि रोक्ने, नागरिक सुरक्षाका ग्यारेन्टी गर्ने र राष्ट्रिय एकताको वातावरण सिर्जना गर्ने कार्य अन्तरिम सरकारको पहिलो प्राथमिकता हुने मागको रुपमा अघि सारिएको छ ।

त्यस्तै जेन जीले वार्ताका लागि १० जना प्रतिनिधिलाई तयार गरेको छ । बुझिएअनुसार युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्ष बम, रिजन रानामगर, अनुषा खनाल, निरज गौतम, सुश्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य र मोनिषा चौधरीलाई जेन जीले वार्ताका लागि प्रतिनिधि बनाएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT