Techie IT
Friday, September 5, 2025 | शुक्रबार, भदौ २०, २०८२
२०८२ भदौ २०, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु

बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु

अब निरन्तर सुनुवाइ गरेर टुंग्याइने


काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर भएको मुद्दा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदै छ । संगठित गिरोहको योजनामा नक्कली कागजात तयार पारी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा गरिएको छ ।

संगठित अपराधसहित पाँच अभियोगमा मुद्दा दायर भएको करिब साढे २ वर्षपछि जिल्ला अदालतले अन्तिम सुनुवाइ गर्न लागेको हो । १० जेठ २०८० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

९ वैशाख २०८१ मा पहिले नै प्रतिवादी बनाइएका केशव दुलालसहित ५ जना र ४ साउन २०८१ मा अर्का सन्दिग्ध पात्र बेचन झाविरुद्ध २९ साउन २०८१ मा पूरक अभियोगपत्र दायर भएको थियो । यसअघि जिल्ला अदालतले अनुपस्थित भएका साक्षीहरुलाई बकपत्र गराएको थियो ।

जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन् । यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८० र २०८१ मा मुद्दाले प्राथमिकतै पाएन ।

वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेको थियो । अदालतमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन संविधानसभा सदस्य आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र राईका छोरा निरज राई विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै…

काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष

कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?

काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ।

जिमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको गुगलले गर्यो…

काठमाडौं । गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ। गत हप्ता गुगलको इमेल सेवा जीमेलको

दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ?

काठमाडौं । दसैँका लागि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा

अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु…

अमेरिकाबाट थप ३७ नेपाली निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) ले निष्कासन गरेका सबै ३७ जनालाई चार्टर

एकैदिन दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २…

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँ कायम भएको

Techie IT