Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाको प्राइमरी इलेक्सनमा आधाभन्दा बढी केन्द्रीय सदस्यले नै भोट हालेनन्

रास्वपाको प्राइमरी इलेक्सनमा आधाभन्दा बढी केन्द्रीय सदस्यले नै भोट हालेनन्


काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र भएको प्राथमिक निर्वाचन ९प्राइमरी इलेक्सन०मा ६२ जना केन्द्रीय सदस्यमध्ये २७ जनाले मात्र मतदान गरेको पाइएको छ । केन्द्रीय सदस्यहरूले नै भोट नहालेपछि नेताहरूले आश्चर्य व्यक्त गरेका छन् ।

निर्वाचनमा ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यले भोट नहालेको पाइएको हो । मतदान मोबाइल एपमार्फत गरिएको थियो र यसका लागि भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्मको ३६ घण्टाको समय तोकिएको थियो ।

सुरुमा मोबाइल चलाउन नजान्ने वा नयाँ अभ्यास भएका कारण सामान्य सदस्यहरूको मत कम आएको अनुमान गरिए पनि सबै केन्द्रीय सदस्यहरूसँग स्मार्टफोन भएको अवस्थामा उनीहरूले मतदान नगर्नुले प्रश्न खडा गरेको छ । हालसम्मको अवस्थामा निर्वाचनमा लोकप्रिय मत ल्याउनेहरूमा पहिलो सूचीमा सुलभ खरेल, डाक्टर लेखजंग थापा र ज्ञानु पौडेल रहेको बनाइएको छ ।

यसैगरी दोस्रो लोकप्रिय मत ल्याउनेमा पाथिभेन्द्र उपाध्याय, कुसुम श्रेष्ठ र मधुप्रसाद आचार्य रहेको बुझिएको छ । निर्वाचनमा ९ जना उम्मेदवार छन् । प्राथमिक निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ का पार्टी साधारण सदस्य र केन्द्रीय सदस्य गरि कुल २ हजार ७ सय ७८ मतदाता थिए ।

जसमा कुल १ हजार ५ सय ६७ मत खसेको थियो । मतदानमा रुपन्देही क्षेत्र नम्बर ३ का पार्टी साधारण सदस्यको अंकभार ८०, तहगत समितिको १० र केन्द्रीय सदस्यको १० अंकभार थियो । यसैबीच महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्यबाट कम मत खसेको विषय आफूले पनि जानकारी पाएको बताएका छन् ।

उम्मेदवारसँग केन्द्रीय सदस्यहरुको चिनापर्ची नभएको हुनाले पार्टीमा भएकै नो भोटको व्यवस्थाअनुसार मतदानमा सहभागी नभएको हुनसक्ने उनको भनाइ छ । यद्यपि, रास्वपाको सचिवालय बैठकले नै आधिकारिक उम्मेदवार घोषणा गर्ने जनाएको छ । आइतबार नै उम्मेदवारका दाबेदार सबैजनाले जेलमा रहेका पार्टी सभापथि रवि लामिछानेलाई भेटेका छन् ।

यससँगै रास्वपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने भने पनि केन्द्र नै हाबी हुने देखिएको छ । स्थानीय नेताको मतभारलाई ५ प्रतिशतमात्रै कायम गर्नु र सचिवालयको मतभारलाई ५० प्रतिशत राख्नुले उम्मेदवार छनोटमा केन्द्र नै हाबी हुने प्रष्ट देखाउँछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT