Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकिन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? 

किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? 


काठमाडाैं । भारतले विगतदेखि नै हामीलाई हेपिरहेको छ । अझ सीमाको विषयमा भारतले गरेको व्यवहार अतिनै टिठ लाग्दो छ । यसैबीच अहिले फेरि लिपुलेक विवाद बल्झिएको छ ।

नेपाललाई थाहै नदिइन नेपाली भूगाग प्रयोग गर्ने विषयमा चीन र भारतले सम्झौता गरेर नेपाली स्वाभिमानमा गम्भीर प्रहार गरेको छ । यसै विषयमा नेपालले भारतलाई १० वर्षमा ८ पटक कूटनीतिक नोटसमेत पठाइसकेको छ । तर भारतले यी नोटहरूको कुनै जवाफ दिएको छैन, जसले सीमा विवादलाई जटिल बनाएको छ ।

नेपालले चीनलाई पनि कूटनीतिक नोट पठाएको छ, तर चीनले एक पटक मात्र जवाफ दिएको छ। पश्चिममा रहेको आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रमाथि भएको अतिक्रमण र सीमाका अन्य हस्तक्षेपलाई लिएर नेपालले १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट पठाएको हो ।

यसअघि पठाइएका ७ नोट अनुत्तरित रहेकै बेला नेपालले आठौं पटक भारतलाई झकझकाएको हो । सीमा र नेपालीभूमि प्रयोगकै विषयलाई लिएर चीनलाई पनि ३ पटक कूटनीतिक नोट पठाएको हो । चीनले पनि एक पटक मात्र जवाफ दिएको छ । नेपालले २०७६ सालमै दुईपटक, ७७ सालमा दुईपटक, ७८, ७९ र ८२ सालमा एक–एकपटक गरी नेपालले ८ पटक कूटनीतिक नोट पठाएको छ । त्यस्तै नेपालले २०७२, ७७ र ८२ सालमा चीनलाई कूटनीतिक नोट पठाएको छ ।

पछिल्लो पटक नेपालको सहमतिबिना आफ्नो भूमि लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनले सम्झौता गरेकामा असन्तुष्टि जनाउँदै नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको हो । भारत र चीनबीच नयाँदिल्लीमा गत मंगलबार दुईपक्षीय व्यापार सम्झौता भएको थियो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार सरकारले दुवै देशलाई अलग–अलग कूटनीतिक नोट पठाएको हो । भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले भारतसँग नेपाली भूमि लिपुलेक नाका हुँदै व्यापार सुचारु गर्ने सहमति गरेकामा नेपालले असन्तुष्टि जनाउँदै दुवै मुलुकलाई नोट पठाएको हो ।

नेपालको भूमि प्रयोगलाई लिएर छिमेकी दुई देशले सहमति गरेपछि नेपालमा संसद्देखि नागरिकस्तरसम्म चर्को विरोध भइरहेको छ । भारतलाई पठाइएको कूटनीतिक नोटमा नेपाल–भारतबीच स्थापित संयन्त्रबाटै छलफल गरेर सीमा विवादमा समाधान खोजिने र यसले नै निकास दिने प्रस्ट पारिएको छ ।

भारतसँग सीमा विवादमा प्रत्यक्ष रूपमा काम गरिरहेको गृहसचिवस्तरीय संयन्त्र हो । यस्तै नापी विभागअन्तर्गत ‘बाउन्ड्री वर्किङ ग्रुप’ले पनि सीमा विवादमा काम गरिरहेको छ । त्योबाहेक नेपाल–भारत संयुक्त आयोग पनि छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT