Techie IT
Monday, December 22, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररवि लामिछानेले चाहेका न्यायाधीश नपरेपछि स्थगित गराइयो इजलास

रवि लामिछानेले चाहेका न्यायाधीश नपरेपछि स्थगित गराइयो इजलास

माग्दै नमागी धरौटी बुझाएको घटनाले न्याय क्षेत्रनै तरंगित


काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेले दर्ता गरेको मुद्दाका लागि तोकिएको इजलासमा आफूले चाहेका न्यायाधीश नपरेपछि सुनुवाइ नै स्थगित गराइएको छ । बुझिएअनुसार उक्त मुद्दाको पेशी न्यायाधीश दीपेन्द्र थापा मगरको इजलासमा परेको थियो ।

तर इजलास निश्चित भएपछि लामिछानेकै कानुन व्यवसायी राजेन्द्र थापाले आफू बिरामी परेको भन्दै सुनुवाइ स्थगित गराएका थिए । अदालतका अनुसार न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले सोमबार विपक्षीलाई जानकारी दिने आदेश गरेको थियो । त्यसपछि अदालत प्रशासनले मंगलबार पेसी तोकेकामा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको थियो ।

योगीले नै सुरुको मुद्दामा लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएका थिए । त्यसैले यसपालि उनले यो मुद्दा हेर्न नमिलेपछि बुधबार अर्को पेसी तोकिएको थियो । र, बुधबारको पेसी थापा मगरको इजलासमा परेको थियो ।

सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चबाट पनि सदर भइसकेको अवस्थामा रास्वपाका सभापति रवि लामिछानेले थुनामुक्त हुन जिल्ला अदालत रूपन्देहीमा फेरि निवेदन दिएका हुन् । उनले आफूखुसी बिगो बुझाएर छुट्न पाऊ भनी बैंक जमानत पनि अदालतमा पेस गरेका छन् ।

थुनामा रहेको व्यक्ति कसुरदार होइनन् भन्ने प्रमाणित नभएसम्म बीचबाटै थुनामुक्त हुने अभ्यास नभए पनि लामिछानेले भने अनौठो अभ्यास थालेका छन् । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी र संगठित अपराधको मुद्दामा रूपन्देही जिल्ला कारागारमा थुनामा रहेका निलम्बित सांसद लामिछानेले थुनामुक्त गर्न माग गर्दै सोमबार जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए ।

निवेदनसँगै सहकारी ठगी र संगठित अपराधको मुद्दामा उनका नाममा कायम भएको बिगोबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको प्रभु बैंकको जमानत बुझाएका थिए । अदालतमा मुख्यसहित १० न्यायाधीश छन् । तीमध्ये सुरु मुद्दाको आदेश गरेका योगीबाहेक अन्य जुनसुकै इजलासमा परे पनि मुद्दामा बहस हुन सक्छ ।

उता, लामिछानेका कानुन व्यवसायी थापाले भने आफूले मुद्दा अध्ययन गर्ने समय नै नपाएका कारण स्थगनका लागि निवेदन पठाएको बताए । लामिछानेले बैंक जमानतमार्फत राखेको रकम शुभचिन्तक आफन्तमार्फत प्राप्त हुन आएको पनि उनले उल्लेख गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT