Techie IT
Monday, December 22, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रचण्डलाई जनार्दनको प्रश्न- ३१ लाख भोट ११ मा झरेको जिम्मा कसले लिने ?

प्रचण्डलाई जनार्दनको प्रश्न- ३१ लाख भोट ११ मा झरेको जिम्मा कसले लिने ?


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्छ भनेर खुमलटारबाटै चलाइएको हल्ला आफूले खारेज गरेको बताएका छन् । बैठकमा बोल्दै शर्माले माओवादी पार्टीबाट आफूलाई हेडक्वार्टरले जति धकेल्न खोजे पनि बाहिर नजाने प्रष्ट पारे ।

‘हिजो अध्यक्ष प्रधानमन्त्री हुँदा बालुवाटारबाटै पार्टी फुटको हल्ला चलाइयो । प्रभाकर एमालेमा जाँदैछ भनियो’, उनले भने, ‘राज्यका संयन्त्रहरु लगाइयो । आज पनि भइरहेकै छ, तर म पार्टी बलियो बनाउन लागिरहेको छु, कहिँ जान्नँ ।’

शर्माले आफूलाई कारवाही गरे भोग्न तयार रहेको र गल्तिबापत आत्मालोचना पनि गर्न तयार भएको बताए ।

उनले २०६४ मा ३१ लाख भोट ल्याएको पार्टी अहिले ११ लाखमा झरेको जिम्मा कसले लिने ? भनी प्रश्न गरेका थिए । उनले सबैले आ आफ्नो हैसियत र जिम्मेवारी अनुसार आत्मालोचना गर्नुपर्ने बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT