Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रव्यवस्था फेर्ने लडाइँमा होमिएको राप्रपा फस्यो आन्तरिक कलहको भुँवरीमा

व्यवस्था फेर्ने लडाइँमा होमिएको राप्रपा फस्यो आन्तरिक कलहको भुँवरीमा

आन्दोलन त कता हो कता, पार्टी नै छिन्नभिन्न हुने खतरा बढ्यो


काठमाडौं । केही समयअघि व्यवस्थै ढाल्ने भन्दै आन्दोलन चर्काएको राप्रपा अहिले आन्तरिक किचलोका कारण थिलथिलो भएको छ । अहिले राजावादी आन्दोलन मात्रै होइन, राजावादी दल भनेको चिनिएको राप्रपा नराम्ररी आन्तरिक किचलोको भुमरीमा फसेको हो ।

राजसंस्था पुनस्र्थापना र हिन्दुराष्ट्र घोषणाको नाममा चलेको आन्दोलन सेलाएसँगै राप्रपाभित्र आन्तरिक कलह चर्किएको हो । राजावादी आन्दोलनको नेतृत्व गरेका पूर्वपञ्चनेता नवराज सुवेदीले विगतमा सम्हालेको पार्टी अनुशासन समिति संयोजकको जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई जिम्मा दिएपछि विवादले उग्ररुप लिएको हो ।

राप्रपामा आन्दोलनको नेतृत्व पार्टीले लिनुपर्ने लिङ्देनपक्षको अडान र सर्वमान्य व्यक्तिको नेतृत्वमा आन्दोलन हुनुपर्ने भन्ने धारबिच लामो समयदेखि मतभेद रहँदै आएको थियो । राप्रपाले २५ असारमा अनुशासन समिति संयोजकमा उपाध्यक्ष कार्कीलाई मनोनीत गरेपछि पार्टीमा अन्तरकलह चुलिएको थियो ।

अध्यक्ष लिङ्देनले प्रवक्ताबाट नेता सगुनसुन्दर लावतीलाई पनि हटाएका थिए । लावतीले पछिल्लोपकट महामन्त्री डा। धवलशमशेर राणाको साथ दिँदै आएका थिए । सुवेदीले पार्टी निर्णयविरुद्ध २६ असारमा निर्वाचन आयोगमा निवेदन दिँदै आफूलाई विधानविपरीत हटाइएको उल्लेख गरेका थिए ।

सुवेदीले पार्टी नछाडेको भन्दै डा. लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, महामन्त्री डा. राणा र कुन्ती शाहीले अध्यक्ष लिङ्देनले विधानविपरीतको कार्य गरेको सार्वजनिक विज्ञप्ति जारी गरेका थिए । अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्ष गिरीलाई पनि शुक्रबार पदमुक्त गरेका छन् ।

गिरीलाई लिङ्देनले नै केन्द्रीय सदस्य र उपाध्यक्ष मनोनीत गरेका थिए । पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार मनोनीत गरेका पदाधिकारीलाई हटाउन पार्टी विधानले अध्यक्षलाई अधिकार दिएको छ । पार्टी अनुशासन विभागकोे शुक्रबार बसेको बैठकले पार्टीको बृहत्तर हित र एकताविपरीतका गतिविधि नगर्न–नगराउन सचेत गरेको छ ।

अनुशासन समितिले पार्टीको नीति, सिद्धान्त र अनुशासनलाई उच्च प्राथमिकतामा राख्न तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लिखित वा मौखिकरूपमा व्यक्तिगत वा गुटगत अभिव्यक्ति नदिन अनुरोध गरेको छ ।

पार्टी त्याग गरेका सुवेदीको बचाउमा बिहीबार पार्टी उपाध्यक्ष विक्रम पाण्डे, बर्खास्तीमा परेका मुकन्दश्याम गिरी, महामन्त्री धवलशमशेर राणा र महामन्त्री कुन्ती शाहीले विज्ञप्ति जारी गरी पार्टीमा स्वेच्छाचारिता बढेको आरोप लगाएका थिए ।

भोलिपल्टै गिरी पदमुक्त भएका छन् भने अन्य नेताहरूलाई अनुशासन समितिले पार्टी हितविपरीतका अभिव्यक्ति सार्वजनिक नगर्न चेतावनी दिएको एक पदाधिकारीले जानकारी दिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT