Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकार एक वर्ष पुगेको उपलक्ष्यमा मन्त्रीहरु फेर्दै प्रधानमन्त्री 

सरकार एक वर्ष पुगेको उपलक्ष्यमा मन्त्रीहरु फेर्दै प्रधानमन्त्री 

कांग्रेस र एमालेबीच गृह र अर्थमन्त्री साट्ने चर्चा, बाहिरिने र भित्रिने मन्त्रीको सूची बन्दै


काठमाडौं । सरकारको एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् । सत्ता साझेदार कांग्रेस र एमालेबीच प्रधानमन्त्रीबाहेक अधिकांश मन्त्री फेर्ने सहमति भएको हो ।

चर्चाअनुसार एमाले र कांग्रेसले गृह र अर्थमन्त्री साट्ने तयारी गरेका छन् । तर, यसमा कुरा मिलिसकेको छैन । एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र कांग्रेसबाट परराष्ट्रमन्त्री बनेकी आरजु राणाबाहेक अरु मन्त्री फेर्ने विषयमा पनि कुरा भएको बुझिएको छ ।

त्यस्तै एमालेबाट सञ्चारमन्त्री भएका पृथ्वीसुब्बा गुरुङ र कांग्रेसबाट गृहमन्त्री भएका रमेश लेखकलाई सकेसम्म नहटाउने गरी गृहकार्य भइरहेको छ । अहिले एमालेबाट सरकारमा अर्थमन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, शिक्षामन्त्री रघुजी पन्त, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षा मानवीर राई छन् ।

एक वर्षपछि सबैलाई हटाएर नयाँ ल्याउने मापदण्ड बन्यो भने रघुजीबाहेक बाँकी फालिनेछन् । सामान्य प्रशासनमन्त्री गुप्ताले भने मंगलबार पदबाट राजीनामा दिएका छन् । यस्तो अवस्थामा एमालेबाट झापाका एसपी साँवा र ताप्लेजुङका योगेश भट्टराई नयाँमन्त्री बन्ने सम्भावना प्रबल छ । त्यस्तै प्युठानका सूर्य थापा पनि मन्त्री बन्ने चर्चा छ ।

यता प्रकाशमान सिंहको नेतृत्वमा १० मन्त्रालयसहित सरकारमा रहेको कांग्रेसतिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, खेलकुदमन्त्री तेजुलाल चौधरीहरूको कामप्रति असन्तुष्टि छ ।

महाधिवेशनमा सघाएको गुन तिर्न देउवाले विश्वास गरेर पठाएका प्रकाशमानले पनि सोचेजस्तो गरेनन् भन्नेहरू क्रमशः खुल्न थालेका छन् । उनको ठाउँमा आरजुलाई उपप्रधानमा उकालेर देउवाको गृह प्रदेशका वीरबहादुर बलायर र एनपी साउदमध्ये एक जनालाई लैजाने सम्भावनाको चर्चा छ ।

देउवाको दाहिना हात भनिएका साउद रमेश लेखक गृहमन्त्री भएपछि बिच्किएर शेखर कोइरालातिर लागेका छन् । यसबीच ज्ञानेन्द्रबहादुर कार्कीले पनि रहर गरेको बुझिन्छ । तर, उदय समशेर राणाको सम्भावना उत्तिकै छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT