Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओलीविरुद्ध खुल्दै एमालेका नेता, ८ पदाधिकारी नै विद्या भण्डारीको पक्षमा

ओलीविरुद्ध खुल्दै एमालेका नेता, ८ पदाधिकारी नै विद्या भण्डारीको पक्षमा

पद्मा अर्यालदेखि ईश्वर पोखरेलसम्मले चलाए अभियान


काठमाडाैं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपाभित्र अहिले ७० वर्षे उमेर हदको विषय पेचिलो बनेको छ ।

पार्टीको विधान महाधिवेशन नजिकिँदै गर्दा एमाले नेताहरू ७० वर्षे उमेरहदसँगै भावी नेतृत्वको विषयमा कित्ताकाट हुन थालेका हुन् । एमाले नेता तथा कार्यकर्ता अहिलेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व उपाध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्ष–विपक्षमा कित्ताकाट भएका हुन् ।

अहिले एमालेमा १८ जना पदाधिकारी छन् । र, उनीहरु सबै नै आ–आफ्नो कित्तामा विभाजित छन् । बुझिएअनुसार १८ पदाधिकारीमध्ये ८ जना पदाधिकारी खुलेरै पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लागेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू गोकर्ण विष्ट र पद्मा अर्याल भण्डारीको पक्षमा उभिएको भनिएको छ । यसमा छविलाल विश्वकर्मा लगायतका केही नेताहरूको भने कित्ता नखुलेको बताइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT