Techie IT
Wednesday, December 31, 2025 | बुधबार, पुस १६, २०८२
२०८२ पुस १६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रगौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन

गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन


काठमाडौं । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको जानकारी दिएको हो ।

अध्ययन समितिका अन्य सदस्यहरुमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहने बताइएको छ ।

समितिले गौशाला धर्मशाला स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, धर्मशालाको आयव्ययको विवरण, लेखा परीक्षण अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्था अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।

अदालतबाट विभिन्न समयमा भएको आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन, विभिन्न समयमा गठन भएका समितिको प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोषका निर्णय अध्ययन गर्नेे जिम्मा समितिलाई दिइएको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ ।

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री

Techie IT