Techie IT
Saturday, December 20, 2025 | शनिबार, पुस ५, २०८२
२०८२ पुस ५, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रगाउँ फर्कनेलाई गाउँपालिकाले १ लाख रुपैयाँ अनुदान र ६ महिनाको खाद्यान्न खर्च दिने

गाउँ फर्कनेलाई गाउँपालिकाले १ लाख रुपैयाँ अनुदान र ६ महिनाको खाद्यान्न खर्च दिने


काठमाडौं । आफू बसेको गाउँठाउँ छाडेर अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किए पर्वतको महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ ।

गाउँबासीहरु बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ । पालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरेको हो ।

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए ।गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरूको भरणपोषका लागि गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ ।

चामल, दाल, तेल, तरकारीका लागि पनि अनुदान दिइने छ ।अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT